२०८३ बैशाख ७, सोमबार
April 20, 2026, Monday

बझाङ पहिरो : १७ घर पुरिए, ४ जनाको मृत्यु, ६ जना बेपत्ता

बझाङ – बझाङको केदारस्यु गाउँपालिका–८ मेल्लेखीमा शुक्रबार राति गएको पहिरोका कारण १७ घर पुरिँदा चार जनाको मृत्यु भएको छ भने ६ जना अझै बेपत्ता रहेकाछन् ।

गाउँपालिकाका अध्यक्ष इन्द्र भण्डारीले हालसम्म घटना स्थलमा चार जनाको शव भेटिएकोे बताए । उनले पहिरोमा पुरिएको र अझै ६ जना बेपत्ता रहेको जानकारी दिए ।

वडा अध्यक्ष गणेशबहादुर बोहोराका अनुसार ४० वर्षीया राममती जेठारा, उनका १२ वर्षीया छोरा प्रयाग जेठारा, ८० वर्षीय दले जेठारा र १३ वर्षीया सन्तु जेठाराको शव फेला परेको हो ।
रातिको समयमा सवै जना घर भित्रै हुने हुँदा क्षति बढी भएको हुन सक्ने बझाङका प्रमुख जिल्ला अधिकारी कमलराज भण्डारीले बताए ।

Related News

ग्यासको अभावका बीच वायुपंखी चुलो वितरण 
ग्यासको अभावका बीच वायुपंखी चुलो वितरण 
  • २०७७ असार २०

दिपायल – आस्था नेपालले समुदायमा वायुपंखी चुलो वितरण गर्न थालेको...

TOP