२०८३ असार १५, सोमबार
June 29, 2026, Monday

कोरोनाबारे सचेतना फैलाउंदै नबदुर्गा गाउँपालिका

डडेल्धुरा– बिश्वब्यापी रुपमा महामारीका रुपमा फैलिईरहेको कोरोना भाईरश (कोभिड १९) का बारे समुदाय स्तरमा सचेतना फैलाउन डडेल्धुराको नबदुर्गा गाउँपालिका बिद्यालय र आमा समुह मार्फत सचेतनाका कामहरु गरिरहेको गाउँपालिकाका अध्यक्ष कबिन्द्र बिष्टले बताए।


वडा स्तरमा कोरोनाका लक्षणहरु यसबाट बच्न सकिने उपायका बारे महिला स्वास्थ्य स्वयम सेवीका मार्फत आमा समुहमा पुर्याउने रबिद्र्यार्थिहरुको प्राथना समयमा दैनिक यसको जानकारी गराउने गरेको अध्यक्ष बिष्टले बताए।


उनका अनुसार वडा र गाउपालीकामा संयन्त्र मार्फत कोरोनाका बारे सचेतना गर्न लागेको बिरामी भेटिईहाले आईसोलेसन कक्षको स्थापनाका लागी छुट्टै स्थानको पहिचान भैसकेको र एकहप्ता भित्र यि सम्पुर्ण ब्यबस्था गरि सक्ने उनले बताए।


नबदुर्गा गाउपालीका सुदुर पश्चिमका बिभिन्न पहाडी जिल्ला संग जोडिएको हुंदा बिभिन्न ठाउंहरु बाट गाउपालीका क्षेत्रमा प्रबेश गर्ने हरुको पनी बिशेष निगरानी गरिने छ। हाल यो रोगका कारण छिमेकी मुलुक भारतमा ३ जनाको मृत्यु भैसको छ भने बिश्वभर ७ हजार मानिसको मृत्यु भैसकेको छ।

Related News

सुदूरपश्चिम सरकारले सवारी साधन खरिदमा रु. ३० करोडभन्दा बढी बजेट छुट्यायो
सुदूरपश्चिम सरकारले सवारी साधन खरिदमा रु. ३० करोडभन्दा बढी बजेट छुट्यायो
  • २०७६ चैत्र ५

सुदूरपश्चिम सरकारले सवारी साधन खरिदमा रु. ३० करोडभन्दा बढी बजेट...

TOP