२०८३ भाद्र ८, सोमबार
August 24, 2026, Monday

उपत्यकाका सिडिओले लकडाउन खुकुलो बनाउन सिफारिस गर्ने

व्यापारीले आफूखुसी पसल खोलेकोबारे उपत्यकाभित्रका प्रमुख जिल्ला अधिकारीहरूले सरकारलाई जानकारी गराउने भएका छन्।

लकडाउनको समयावधि बाँकी रहेको बेला व्यापारीहरूले न्युरोडलगायत ठाउँमा पसल खोलेपछि बिहीबार आकस्मिक रूपमा काठमाडौं, भक्तपुर र ललितपुरका प्रजिअको बैठक बसेको हो।

काठमाडौंका प्रजिअ जनकराज दाहालको अगुवाइमा बैठक भएको हो।

बैठक अहिले पनि जारी रहेको भक्तपुरकी प्रजिअ हुमकला पाण्डेले बताइन्।

‘लकडाउन खोल्ने/नखोल्ने हामीले निर्णय गर्न सक्ने कुरा होइन,’ उनले भनिन्, ‘पसलहरू खुल्न थालेकोबारे जानकारी गराउने, लकडाउन केही खुकुलो बनाउन सकिन्छ कि भन्ने सिफारिस गर्नेबारे छलफल जारी छ।’

प्रजिअ पाण्डेले प्रजिअहरूको बैठकका निर्णय क्राइसिस म्यानेजमेन्ट सेन्टर (सिसिएमसी) लाई जानकारी दिइने बताइन्।

लकडाउन खुकुलो बनाउने वा अझै यथास्थितिमै राख्ने भन्नेबारे आज अपरान्ह बस्ने मन्त्रिपरिषद बैठकमा पनि छलफल हुँदैछ।

सरकारले पाँच चरणमा लकडाउन खोल्नेबारे तयारी गरिरहेको छ।

Related News

सुदूरपश्चिममा १३ महिनामा ४३ हजारभन्दा बढी सवारीसाधन कारबाहीमा
सुदूरपश्चिममा १३ महिनामा ४३ हजारभन्दा बढी सवारीसाधन कारबाहीमा
  • २०७७ जेष्ठ २२

सुदूरपश्चिममा १३ महिनामा ४३ हजारभन्दा बढी सवारीसाधन कारबाहीमा महेन्द्रनगर –...

TOP