२०८३ श्रावण १, शुक्रबार
July 17, 2026, Friday

डोटीका पाँच जनामा कोरोना संक्रमण

डोटी- डोटीका पाँच जनामा कोरोना संक्रमण पुष्टि भएको छ । धनगढी प्रयोगशालाबाट सोमबार आएको रिपोर्टमा संक्रमण देखिएका सुदूरपश्चिमका १८ जना मध्य पाँच जना डोटीका भएको खुलेको छ ।

कैलालीको गौरीगंगा नगरपालिकाका भनिएका ४ जना पनि डोटीका संक्रमित रहेको खुलेको हो । उनिहरु गौरीगंगा नगरपालिकाको क्वारेण्टाइनमा भएकाले उतैका भनिएको थियो ।
डोटीका ५ जना संक्रमित मध्य एक जना पुरुष शिखर नगरपालिकाका हुन् भने ४ जना के.आई.सिंह गाउँपालिकाका हुन् ।

सोमबार शिखर नगरपालिका वडा नं. ३ का २५ वर्षीय पुरुष, केआईसिंह गाउँपालिका ५ बर्षीय बालक, २८ बर्षीय पुरुष, २ बर्षीय बालिका र २७ वर्षीय महिलामा संक्रमण पुष्टि भएको सेती अस्पतालले जनाएको छ । यसअघि उनीहरुलाई गौरीगंगा नगरपालिकाको भनिएको थियो ।

संक्रमित व्यक्तिहरुले यसअघि क्वारेन्टिनको ठेगानालाई नै स्थायी ठेगाना भनेर दिएका रहेछन्,’ सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले भने, ‘डोटीका चार जना पनि कैलालीकै क्वारेन्टिनमा रहेका कारण उनीहरुलाई कैलालीकै ठेगाना दिएका थिए। उपचारका लागि अस्पताल ल्याएपछि उनीहरुको घर डोटी रहेको जानकारी भयो ।’

Related News

‘मास्टर्नी’ चलचित्रको प्रमोसन गीतप्रति नेपाल शिक्षक महासंघको आपत्ति, प्रसारण रोक्न माग
‘मास्टर्नी’ चलचित्रको प्रमोसन गीतप्रति नेपाल शिक्षक महासंघको आपत्ति, प्रसारण रोक्न माग
  • २०७७ जेष्ठ २०

‘मास्टर्नी’ चलचित्रको प्रमोसन गीतप्रति नेपाल शिक्षक महासंघको आपत्ति, प्रसारण रोक्न...

TOP