२०८३ श्रावण १, शुक्रबार
July 17, 2026, Friday

फेरिए १२ जिल्लाका प्रमुख जिल्ला अधिकारी : डोटीमा भीम भट्टराईलाई खटाइयो

गृह मन्त्रालयले सुर्खेतसहित १२ जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडिओ) फेरेको छ।

सुर्खेतका सिडिओ रमेश न्यौपानेलाई पाल्पामा पठाइएको छ भने सुर्खेतमा हिरालाल रेग्मीको काज सरुवा गरिएको छ।

डोटीका प्रमुख जिल्ला अधिकारी टेक नारायण पौडेललाई काठमाण्डौं अध्यागमन विभागमा पठाएको छ भने डोटीमा भीम भट्टराईलाई पठाइएको छ।

महोत्तरीमा कृष्ण बहादुर कटवाल, बर्दियामा लिलाधर अधिकारी, कालिकोटमा चन्द्र गैरेलाई पठाइएको छ।

यस्तै ओखलढुंगामा कृष्ण पौडेल, दार्चुलामा शरद पोखरेल, संखुवासभामा जीवन आचार्य, रोल्पामा नरेन्द्र राना, हुम्लामा चिरञ्जिवी गिरी र बझाङमा कमलराज भण्डारीलाई जिम्मेवारी दिइएको छ।

Related News

‘मास्टर्नी’ चलचित्रको प्रमोसन गीतप्रति नेपाल शिक्षक महासंघको आपत्ति, प्रसारण रोक्न माग
‘मास्टर्नी’ चलचित्रको प्रमोसन गीतप्रति नेपाल शिक्षक महासंघको आपत्ति, प्रसारण रोक्न माग
  • २०७७ जेष्ठ १९

‘मास्टर्नी’ चलचित्रको प्रमोसन गीतप्रति नेपाल शिक्षक महासंघको आपत्ति, प्रसारण रोक्न...

TOP