डोटी–पश्चिम रुकुमको चौरजहारी गाउँपालिकाको सोतीमा घटेको घटनाको विरोध गर्दै डोटीमा राके जुलुस निकालिएको छ । घटनाका दोषीलाई कडा कारबाहिको माग गर्दै दिपायल सिलगढी नगरपालिका वडा नं. ५ को युवा क्लवले राके जुलुस निकालेको हो ।

आइतबार राती जिल्ला सदरमुकाम सिलगढीको इन्द्रचोक हुँदै जिल्ला प्रशासन कार्यालय सम्म प्लेकार्ड र नाराबाजी सहित जुलुस निकालिएको दलित युवा अगुवा रोशन कोलीले जानकारी दिए । कोलीले सोती घटनाले सिङ्गो उत्पिडित जाती, वर्ग र समुदायको अधिकारको आन्दोलनमाथि नै प्रश्नचिन्ह खडा गरेको बताउदै दलितको काँध चढेर सत्तामा पुगेकाहरु नै घटनाका दोषिलाई बचाउन लागेको आरोप लागए ।

कहाली लाक्दो मानवता हराएको घटनाका दोषीलाई तत्काल कारबाहि नगरे आन्दोलनलाई थप कडाई र नियमित बनाउने दलित युवाहरुले बताउदै आएका छन् । आइतबार नै नेपाल दलित संघको अगुवाइमा विरोध प्रदर्शन सहित दिपायलमा कोणसभाको आयोजना गरिएको थियो ।

दिपायल – भूमिराज स्वास्थ्य चौकीमा कार्यरत एएनएम निरा भण्डारी बलायरलाई...