२०८३ श्रावण ८, शुक्रबार
July 24, 2026, Friday

कांग्रेसमा बढ्दो आन्तरिक विवाद : ‘हामीलाई नजरअन्दाज गरियो भने पाइला रोकिने छैन’ – वीरबहादुर बलायर

कांग्रेसमा बढ्दो आन्तरिक विवाद : ‘हामीलाई नजरअन्दाज गरियो भने पाइला रोकिने छैन’ – वीरबहादुर बलायर

काठमाडौं – नेपाली कांग्रेसका संस्थापन इतर समूहका नेता वीरबहादुर बलायरले पार्टीभित्रको एकताका लागि आफूहरू अझै पनि लचक रहेको बताउँदै त्यसलाई कमजोरीका रूपमा नबुझ्न चेतावनी दिएका छन्।

जननायक बीपी कोइरालाको ४४औँ स्मृति दिवसका अवसरमा बुधबार आयोजित कार्यक्रममा सम्बोधन गर्दै नेता बलायरले संस्थापन पक्षले एकताको कुरा गरे पनि त्यसअनुसार व्यवहार र सम्झौताका लागि आवश्यक पहल नगरेको आरोप लगाए।

उनले पार्टीभित्र आफूहरूको भूमिकालाई निरन्तर बेवास्ता गरिए त्यसको परिणाम गम्भीर हुन सक्ने संकेतसमेत गरेका छन्।

“यदि हामीलाई नजरअन्दाज गर्नुभयो भने म चुनौतीका साथ भन्छु, अझै पनि हामी लक्ष्मणरेखाभित्रै छौँ। तोडिसकेका छैनौँ, झलक मात्रै हो यो, ट्रेलर मात्रै हो यो,” बलायरले भने।

उनले आफूहरूलाई थप बाध्य बनाउने प्रयास भए पार्टीभित्र नयाँ राजनीतिक परिस्थिति सिर्जना हुन सक्ने चेतावनी दिँदै “हामीले चालेका पाइला अब रोकिने छैनन्” भने।

बलायरले बीपी कोइरालाको विचार र पार्टीको लोकतान्त्रिक मूल्य–मान्यताअनुसार अघि बढ्नुपर्ने उल्लेख गर्दै पार्टी एकता केवल भाषणमा नभई व्यवहारमा देखिनुपर्ने धारणा राखे।

उनको अभिव्यक्तिलाई नेपाली कांग्रेसभित्र पछिल्लो समय बढ्दै गएको आन्तरिक शक्ति संघर्ष र नेतृत्वबीचको मतभेदसँग जोडेर हेरिएको छ।

Related News

शिक्षा र स्वास्थ्यमा लगाइएको ३ प्रतिशत समता शुल्क खारेज, मन्त्रिपरिषद्का ७ महत्वपूर्ण निर्णय
शिक्षा र स्वास्थ्यमा लगाइएको ३ प्रतिशत समता शुल्क खारेज, मन्त्रिपरिषद्का ७ महत्वपूर्ण निर्णय
  • २०८३ श्रावण ६

शिक्षा र स्वास्थ्यमा लगाइएको ३ प्रतिशत समता शुल्क खारेज, मन्त्रिपरिषद्का...

TOP