२०८३ श्रावण १, शुक्रबार
July 17, 2026, Friday

मझगाउँ र टीकापुर विमानस्थल सञ्चालनको प्रक्रिया तीव्र पार्ने सहमति

मझगाउँ र टीकापुर विमानस्थल सञ्चालनको प्रक्रिया तीव्र पार्ने सहमति

काठमाडौं । सुदूरपश्चिमका दुई महत्वपूर्ण विमानस्थल कञ्चनपुरको मझगाउँ विमानस्थलकैलालीको टीकापुर विमानस्थल सञ्चालनमा ल्याउने विषयमा उच्चस्तरीय छलफल भएको छ। छलफलमा दुवै विमानस्थललाई यथाशीघ्र सञ्चालनमा ल्याउन आवश्यक कानुनी, प्राविधिक तथा प्रशासनिक प्रक्रिया तीव्र रूपमा अघि बढाउने सहमति भएको छ।

सभामुख डोलप्रसाद अर्यालको उपस्थितिमा भएको छलफलमा कृषि, वन तथा वातावरणमन्त्री गीता चौधरी, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेल, कञ्चनपुर निर्वाचन क्षेत्र नं. ३ का प्रतिनिधिसभा सदस्य ज्ञानेन्द्रसिंह महता तथा कैलाली निर्वाचन क्षेत्र नं. १ का प्रतिनिधिसभा सदस्य कोमल ज्ञवाली सहभागी थिए।

छलफलमा सम्बन्धित मन्त्रालयका सचिव, विभागीय महानिर्देशक तथा विषयगत विज्ञहरूको समेत सहभागिता रहेको थियो। बैठकले लामो समयदेखि सञ्चालनमा आउन नसकेका यी दुवै विमानस्थललाई सञ्चालनमा ल्याउन आवश्यक प्रक्रिया तीव्र बनाउने निर्णय गरेको वनमन्त्रीको सचिवालयले जनाएको छ।

बैठकका क्रममा प्रतिनिधिसभा सदस्य जनकसिंह धामीले शुक्लाफाँटा राष्ट्रिय निकुञ्जसँग सम्बन्धित विभिन्न विषय पनि उठाएका थिए। उनले निकुञ्जअन्तर्गत पर्ने बरनीखेडा र बेलडाँडी क्षेत्रबीचको जंगलमा सुरक्षा पोस्ट स्थापना, बेलडाँडीबाट निकुञ्ज भ्रमणका लागि पर्यटन पूर्वाधार निर्माण तथा कालिकीच तालको संरक्षण गरी पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने विषयमा आवश्यक पहल गर्न आग्रह गरेका थिए।

छलफलमा सहभागी पक्षहरूले प्रस्तुत सुझावलाई सकारात्मक रूपमा ग्रहण गर्दै सम्बन्धित निकायमार्फत आवश्यक प्रक्रिया अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन्।

मझगाउँ र टीकापुर विमानस्थल सञ्चालनमा आए सुदूरपश्चिममा हवाई पहुँच विस्तार हुनुका साथै पर्यटन, व्यापार, कृषि उत्पादनको ढुवानी तथा समग्र आर्थिक गतिविधिमा सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ।

Related News

‘मास्टर्नी’ चलचित्रको प्रमोसन गीतप्रति नेपाल शिक्षक महासंघको आपत्ति, प्रसारण रोक्न माग
‘मास्टर्नी’ चलचित्रको प्रमोसन गीतप्रति नेपाल शिक्षक महासंघको आपत्ति, प्रसारण रोक्न माग
  • २०८३ श्रावण १

‘मास्टर्नी’ चलचित्रको प्रमोसन गीतप्रति नेपाल शिक्षक महासंघको आपत्ति, प्रसारण रोक्न...

TOP