२०८३ श्रावण १, शुक्रबार
July 17, 2026, Friday

अब नेपाल टेलिकमका सिमकार्ड घरमै, हुलाक सेवामार्फत वितरण सुरु

अब नेपाल टेलिकमका सिमकार्ड घरमै, हुलाक सेवामार्फत वितरण सुरु

काठमाडौं । नेपाल टेलिकमका सेवाग्राहीले अब सिमकार्ड लगायतका सामग्री हुलाक सेवामार्फत आफ्नै घरदैलोमा प्राप्त गर्न सक्ने भएका छन्। नेपाल टेलिकम र हुलाक सेवा विभागबीच भएको सम्झौता शुक्रबारदेखि औपचारिक रूपमा कार्यान्वयनमा आएको हो।

नेपाल टेलिकम र हुलाक सेवा विभागबीच गत असार १८ गते सिमकार्ड तथा अन्य दूरसञ्चार सामग्री हुलाक सेवामार्फत ढुवानी गर्ने सम्झौता भएको थियो। सोही सम्झौताअनुसार अब टेलिकमका सिमकार्ड, विभिन्न कागजात, चिठीपत्र तथा दूरसञ्चार सेवामा प्रयोग हुने स्पेयर पार्ट्स सम्बन्धित कार्यालय वा सेवाग्राहीसम्म हुलाकमार्फत पुर्‍याइनेछ।

यस व्यवस्थासँगै नेपाल टेलिकमका ग्राहकले आवश्यक परे सिमकार्ड तथा अन्य सामग्री सिधै आफ्नै घरमा हुलाक सेवाबाट प्राप्त गर्न सक्नेछन्। सरकारले यो सहकार्यले दूरसञ्चार सेवाको पहुँच विस्तार गर्नुका साथै सेवा वितरणलाई थप सहज, छरितो र प्रभावकारी बनाउने अपेक्षा गरेको छ।

सम्झौतापत्रमा नेपाल टेलिकमका निमित्त प्रबन्ध निर्देशक रीना डंगोल र हुलाक सेवा विभागका महानिर्देशक मनमाया भट्टराई पंगेनीले हस्ताक्षर गरेका थिए।

सरकारी स्वामित्वका दुई प्रमुख संस्थाबीच भएको यो सहकार्यले विशेषगरी दुर्गम तथा ग्रामीण क्षेत्रका सेवाग्राहीलाई दूरसञ्चार सेवा सहज रूपमा उपलब्ध गराउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।

Related News

‘मास्टर्नी’ चलचित्रको प्रमोसन गीतप्रति नेपाल शिक्षक महासंघको आपत्ति, प्रसारण रोक्न माग
‘मास्टर्नी’ चलचित्रको प्रमोसन गीतप्रति नेपाल शिक्षक महासंघको आपत्ति, प्रसारण रोक्न माग
  • २०८३ श्रावण १

‘मास्टर्नी’ चलचित्रको प्रमोसन गीतप्रति नेपाल शिक्षक महासंघको आपत्ति, प्रसारण रोक्न...

TOP