२०८३ असार ३१, बुधबार
July 15, 2026, Wednesday

सेती नदी किनारमा वृद्ध महिला मृत फेला

सेती नदी किनारमा वृद्ध महिला मृत फेला

डोटी, डोटीको दिपायल सिलगढी नगरपालिका–२ निवासी ठगुली सुनार सेती नदी किनारमा मृत अवस्थामा फेला परेकी छन्।

जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार आइतबार दिउँसो करिब ४ः१५ बजे दिपायल सिलगढी नगरपालिका–३ स्थित जिल्ला आयुर्वेद अस्पताल नजिकै सेती नदी किनारमा उनको शव फेला परेको हो।

स्थानीयले नदी किनारमा शव देखेपछि वडा नम्बर–३ का अध्यक्ष नारायण सिंह साउदले प्रहरीलाई जानकारी गराएका थिए। सूचना प्राप्त भएपछि प्रहरी नायब निरीक्षक डम्बर कठायतको नेतृत्वमा ६ सदस्यीय प्रहरी टोली घटनास्थल पुगेको थियो।

प्रहरीका अनुसार मृतक करिब ७० वर्षीया ठगुली सुनार रहेको प्रारम्भिक रूपमा खुलेको छ। शव पानीमा रहेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।

घटनाको कारण भने हालसम्म खुल्न सकेको छैन। प्रहरीले घटनाबारे आवश्यक अनुसन्धान भइरहेको जनाएको छ।

Related News

  • २०८३ असार २९

राष्ट्रपतिद्वारा तीन विधेयक प्रमाणीकरण, नयाँ आर्थिक वर्षको बजेट कार्यान्वयनको बाटो...

TOP