२०८३ असार २८, आईतवार
July 12, 2026, Sunday

डडेल्धुरामा खाना पकाउने क्रममा आगलागी, ३ लाख बराबरको धनमाल जलेर नष्ट

डडेल्धुरामा खाना पकाउने क्रममा आगलागी, ३ लाख बराबरको धनमाल जलेर नष्ट

डडेल्धुरा – डडेल्धुराको अमरगढी नगरपालिका–१ स्याउलेस्थित एक टहरामा खाना पकाउने क्रममा आगलागी हुँदा करिब ३ लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ।

जिल्ला प्रहरी कार्यालय डडेल्धुराका अनुसार शुक्रबार बेलुकी स्थानीय राजबहादुर रावलको काठ र जस्तापाताले बनेको दुईतले, दुई कोठे टहराको भान्सा कोठाबाट आगलागी सुरु भएको हो।

आगलागीबाट नगद, लत्ताकपडा, भाँडावर्तन, खाद्यान्न, मोबाइललगायतका सामग्री पूर्ण रूपमा जलेर करिब ३ लाख रुपैयाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ।

स्थानीयवासी र नेपाल प्रहरीको सक्रियतामा आगो नियन्त्रणमा लिइएको थियो। घटनामा कुनै मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ।

Related News

धनगढीमा एकीकृत भान्साघर सञ्चालन, साउन १ देखि करिब ४ हजार विद्यार्थीलाई पोषणयुक्त दिवा खाजा
धनगढीमा एकीकृत भान्साघर सञ्चालन, साउन १ देखि करिब ४ हजार विद्यार्थीलाई पोषणयुक्त दिवा खाजा
  • २०८३ असार २७

धनगढीमा एकीकृत भान्साघर सञ्चालन, साउन १ देखि करिब ४ हजार...

TOP