काठमाडौं । नेपाल पुरुष राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक गुग्लिएल्मो एरेनाले पदबाट राजीनामा दिएका छन्। उनले अखिल नेपाल फुटबल संघ (एन्फा)सँग आपसी सहमतिमा सम्झौता अन्त्य गरेका हुन्।
एरेनाले फिफाले एन्फालाई निलम्बन गरेपछि नेपाली फुटबलको निकट तथा मध्यम अवधिको भविष्य अन्योलमा परेकाले आफूले सुरु गरेको खेल परियोजनालाई निरन्तरता दिन असम्भव भएको बताएका छन्।
राजीनामाको घोषणा गर्दै उनले फिफाको निलम्बनले नेपाली फुटबलको गतिविधि, योजना र प्रतियोगिताको भविष्यबारे पूर्ण अनिश्चितता सिर्जना गरेको उल्लेख गरे।
इटालियन प्रशिक्षक एरेना यसै वर्ष नेपाल पुरुष राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षक नियुक्त भएका थिए। उनले बीचमै पद छाडेका अष्ट्रेलियाका म्याट रसको स्थानमा जिम्मेवारी सम्हालेका थिए।
एरेनाको बहिर्गमनसँगै फिफाको निलम्बनका कारण नेपाली फुटबल थप चुनौतीपूर्ण अवस्थामा पुगेको छ। अब एन्फाले नयाँ प्रशिक्षक नियुक्ति तथा राष्ट्रिय टोलीको आगामी तयारीबारे निर्णय गर्नुपर्ने अवस्था सिर्जना भएको छ।
शैक्षिक परामर्श संस्थामा कडाइ, २५ लाख धरौटीदेखि नगदरहित कारोबारसम्म नयाँ...