२०८३ श्रावण १, शुक्रबार
July 17, 2026, Friday

अछामबाट डोटी–कैलाली हुँदै बर्दिया पुगेका ५५ वर्षीय पुरुषको क्वारेन्टिनमा मृत्यु


बर्दियामा क्वारेन्टिनमा बसेका एक ५५ वर्षीय पुरुषको मृत्यु भएको छ। गुलरिया नगरपालिकास्थित बबई बहुमुखी क्याम्पसको क्वारेन्टिनमा बसेका वडा नम्बर ९ का एक पुरुषको बुधबार बिहान मृत्यु भएको हो।

अछामबाट फर्किएपछि मंगलबार क्वारेन्टिनमा राखिएका उनको मृत्यु भएको जिल्ला प्रशासन कार्यालय बर्दियाले जनाएको छ।

कामदारको रुपमा अछाम पुगेका उनी जेठ ८ गते डोटी–कैलाली हुँदै १३ गते बर्दिया प्रवेश गरेको प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले जानकारी दिए।

मृत्युको कारण भने खुलेको छैन। कोरोना भाइरस परीक्षणका लागि उनको स्वाब निकालिएको र रिपोर्ट आएपछि मात्र शब व्यवस्थापन गरिने लामिछानेले जानकारी दिए।

Related News

सुदूरपश्चिमका डोटी, डडेल्धुरा, बझाङ र दार्चुलामा आकस्मिक बाढीको मध्यम जोखिम।
सुदूरपश्चिमका डोटी, डडेल्धुरा, बझाङ र दार्चुलामा आकस्मिक बाढीको मध्यम जोखिम।
  • २०७७ जेष्ठ १४

सुदूरपश्चिमका डोटी, डडेल्धुरा, बझाङ र दार्चुलामा आकस्मिक बाढीको मध्यम जोखिम,...

TOP