
बडीकेदार गाउँपालिकामा घरको झ्याल–ढोका बनाउने क्रममा ५१ वर्षीय हर्कबहादुर पल्ली मगरको घटनास्थलमै मृत्यु
डोटी
डोटीमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ। जिल्लाको बडीकेदार गाउँपालिका–२ निवासी ५१ वर्षीय हर्कबहादुर पल्ली मगरको करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार स्थानीय डम्बर पल्ली मगरको घरमा झ्याल–ढोका बनाउने क्रममा काम गरिरहेका बेला हर्कबहादुर पल्ली मगरलाई करेन्ट लागेको हो।
स्थानीयका अनुसार करेन्ट लागेपछि उनको घटनास्थलमै मृत्यु भएको थियो।
घटनाबारे जिल्ला प्रहरी कार्यालय डोटीले आवश्यक अनुसन्धान अघि बढाएको जनाएको छ।
विद्युत्सम्बन्धी काम वा निर्माण कार्यका क्रममा सुरक्षा मापदण्डको पूर्ण पालना गर्न तथा विद्युत् लाइन नजिक काम गर्दा विशेष सावधानी अपनाउन सम्बन्धित निकायले आग्रह गर्दै आएका छन्।
गृहमन्त्री गुरुङको छड्के अनुगमनले पर्सा–बाराका सुरक्षा निकायमा तरंग सीमा नाकामा...