२०८३ भाद्र ११, बिहीबार
August 27, 2026, Thursday

डोटी जेसीजले आयोजना गर्दैछ मुख र दाँत सम्बन्धी निःशुल्क स्वाथ्य शिविर

 

दिपायल – डोटी जेसीजले मुख र दाँत सम्बन्धी निःशुल्क स्वाथ्य शिविरको आयोजना गर्ने भएको छ । (जुनियर चेम्बर इन्टरनेसनल) डोटी जेसीजले वैशाख ११ गते शिविरको आयोजना गर्ने जनाएको छ ।

दिपायल पिपल्ला बजार स्थित सेती महाकाली अस्पतालमा शिविरको आयोजना गरिने डोटी जेसीज वर्ष २०२६ का अध्यक्ष डिल्लीराज जोशी (राहुल)ले बताए । मुख, दाँत र गिजाको समस्या भएका व्यक्तिहरुलाई लक्षित गरेर शिविरको आयोजना गरिएको उनले बताए । अध्यक्ष जोशीका अनुसार शिविरमा मुखको क्यान्सर परीक्षण, साधारण दन्त तथा मुखको परीक्षण, दाँत निकाल्ने, अस्थाई सिमेन्ट भर्ने, बालबालिकाहरूको दाँतमा सिमेन्ट भर्ने र दुखाई कम गर्ने जस्ता उपचार गरिनुका साथै औषधि वितरण गरिने छ ।

उपचार तथा औषधि वितरणसँगै दन्त तथा मुखको स्वास्थ्य सम्बन्धी जनचेतना फैलाउने उद्देश्यले दाँत तथा मुख सफा राख्न प्रयोग गरिने विभिन्न किसिमको साधन / प्रयोग गर्ने तरिका पनि सिकाइने छ । शिविरमा आएका बिरामीहरुमा जटिल रोग देखा परे सम्बन्धीत अस्पतालमा विशेष छुटको साथ रिफर गरिने आयोजकले जनाएको छ ।

विषेशज्ञ स्वास्थ्यकर्मीसहित सञ्चालन हुने उक्त शिविर ११ गते बिहान ५ बजे देखि साँझ ५ बजेसम्म सञ्चालन हुनेछ ।

Related News

सुदूरपश्चिममा १३ महिनामा ४३ हजारभन्दा बढी सवारीसाधन कारबाहीमा
सुदूरपश्चिममा १३ महिनामा ४३ हजारभन्दा बढी सवारीसाधन कारबाहीमा
  • २०८३ बैशाख ८

सुदूरपश्चिममा १३ महिनामा ४३ हजारभन्दा बढी सवारीसाधन कारबाहीमा महेन्द्रनगर –...

TOP