२०८३ असार १५, सोमबार
June 29, 2026, Monday

जनकपुरले सुदूरपश्चिमविरुद्ध पहिले ब्याटिङ गर्ने

दिपायल । नेपाल प्रिमियर लिग (एनपीएल)को पहिलो क्वालिफायर्समा जनकपुर बोल्ट्सले टस जित्दै सुदूपश्चिम रोयल्सविरुद्ध पहिले ब्याटिङ रोजेको छ।

त्रिवि क्रिकेट मैदानमा टस जितेर जनकपुरले ब्याटिङ गर्ने निर्णय गरेको हो। लिग चरणको खेलमा सुदूरपश्चिमले जनकपुरलाई सहजै पराजित गरेको थियो।

यो खेलको विजेता सीधै एनपीएलको फाइनलमा पुग्नेछ। पराजित हुने टोलीले भने दोस्रो क्वालिफायर्समा कर्णाली याक्सविरुद्ध खेल्नुपर्ने छ।

जनकपुरका कप्तान अनिल साह घाइते भएपछि मार्की खेलाडी समेत रहेका आसिफ शेखले कप्तानको जिम्मेवारी सम्हालेका छन्।

Related News

ट्राफिक जरिवानासँगै राज्य पनि जवाफदेही हुनुपर्ने सांसद ज्ञानेन्द्र शाहीको माग
ट्राफिक जरिवानासँगै राज्य पनि जवाफदेही हुनुपर्ने सांसद ज्ञानेन्द्र शाहीको माग
  • २०८१ पुष ३

ट्राफिक जरिवानासँगै राज्य पनि जवाफदेही हुनुपर्ने सांसद ज्ञानेन्द्र शाहीको माग...

TOP