२०८३ असार १५, सोमबार
June 29, 2026, Monday

चितवनले पायो १७६ रनको लक्ष्य

 

डोटी । जयकिसन कोल्सावाला र विलियम बोसिस्टोले अर्धशतक प्रहार गरेपछि नेपाल प्रिमियर लिग (एनपीएल)को एलिमिनेटरमा कर्णाली याक्सले चितवन राइनोजलाई १ सय ७६ रनको लक्ष्य पाएको छ ।

कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको कर्णाली याक्सले ६ विकेट गुमाएर १७५ रन बनाएको हो ।

एनपीएलमा पहिलो खेल खेलेका कोल्सावालाले ३९ बल खेल्दै ६ चौका र २ छक्का मद्दतमा सर्वाधिक ५३ रन बनाए ।

यस्तै बोसिस्टोले ३९ बल नै खेल्दै ३ चौका र २ छक्का मद्दतमा ५२ रन बनाए ।

यस्तौ आजै हुने सेमीफाईनलको दोस्रो खेल सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्डस हुने छ ।

Related News

लियोनेल मेस्सी विश्वकपमा लगातार सात खेलमा गोल गर्ने पहिलो खेलाडी
लियोनेल मेस्सी विश्वकपमा लगातार सात खेलमा गोल गर्ने पहिलो खेलाडी
  • २०८१ पुष ३

लियोनेल मेस्सीको अर्को ऐतिहासिक कीर्तिमान, लगातार सात विश्वकप खेलमा गोल...

TOP