२०८३ श्रावण १, शुक्रबार
July 17, 2026, Friday

कोरोना संक्रमणबाट आमा गुमाएका १६ दिनका शिशु डिस्चार्ज

कोरोना भाइरसको संक्रमणले आमाको मृत्यु भएपछि धुलिखेल अस्पतालको आइसोलेसनमा रहेका १६ दिनका शिशु शुक्रबार अस्पतालबाट डिस्चार्ज भएका छन्।

धुलिखेल अस्पतालको आइसोलेसनमा रहेका उनी र परिवारका अन्य सदस्य सबैको पीसीआर रिपोर्ट नेगिटेभ आएपछि डिस्चार्ज गरिएको अस्पतालले जनाएकाे छ।

अस्पतालबाट डिस्चार्ज भए पनि उनीहरू थप एक हप्तासम्म जिल्लाकाे क्वारेन्टाइनमा बस्नुपर्नेछ। त्यसपछि आरडीटी परीक्षण गरेर मात्रै घर पठाइनेछ।

केही दिनअघि जन्डिस देखिए पनि बालरोग विशेषज्ञको नियमित हेरचाहपछि उनी स्वस्थ भएको अस्पतालले विज्ञप्तिमार्फत जनाएको छ।

गत वैशाख २४ गते महिलाले काठमाडौंको टिचिङ अस्पतालमा शिशुलाई जन्म दिएकी थिइन्। उनकीको १ जेठमा कोरोना संक्रमणका कारण मृत्यु भएको थियो।

Related News

सुदूरपश्चिममा एमालेका सबै मन्त्रीलाई मुख्यमन्त्रीले गरे बर्खास्त
सुदूरपश्चिममा एमालेका सबै मन्त्रीलाई मुख्यमन्त्रीले गरे बर्खास्त
  • २०७७ जेष्ठ ९

  दिपायल- सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले एमालेका सबै (४) जना...

TOP