२०८३ बैशाख ४, शुक्रबार
April 17, 2026, Friday

कोरोना आशंकामा डोटीका एक, धनगढीका तीन र बैतडीका एक गरि पाँचजना अस्पताल भर्ना

कोरोना भाइरस कोभिड १९ को आशंकामा सुदूरपश्चिमका पाँच जना सेती अस्पताल भर्ना भएका छन् । भाइरस सँग मिल्दोजुल्दो लक्षण देखिएको भन्दै उनिहरुलाई अस्पतालको आइसोलेसनमा भर्ना गरिएको हो ।

अघिल्लो महीना भारतबाट आएका चार जना मध्य तीन जना कैलालीका हुन् भने एक जना डोटीका हुन् । डोटीका युवकलाई छाती दुख्ने र ज्वरो आउने समस्या देखिएपछि अस्पताल भर्ना गरिएको अस्पतालका सूचना अधिकारी दिलिप श्रेष्ठले बताए ।

डोटीका युवाको थ्रोट स्वाब लिई परीक्षणका लागि पठाइएको छ भने धनगढीका युवकहरूको भने भोलि पीसीआर परीक्षणका लागि थ्रोट स्वाबको नमूना संकलन गरिने अस्पतालले जनाएको छ ।

यस अघि बैतडीको सिगास गाउँपालिका २१ बर्षीय युवकलाई कोरोना आशंकामा आईसोलेसनमा भर्ना गरिएको थियो ।

Related News

ग्यासको अभावका बीच वायुपंखी चुलो वितरण 
ग्यासको अभावका बीच वायुपंखी चुलो वितरण 
  • २०७७ जेष्ठ ७

दिपायल – आस्था नेपालले समुदायमा वायुपंखी चुलो वितरण गर्न थालेको...

TOP