२०८३ श्रावण १, शुक्रबार
July 17, 2026, Friday

मन्त्रीको सूचनाले झुक्यायो मिडिया : मृतक भनिएका संक्रमित जीवितै

शिस डेस्क– क्रिमसन अस्पतालले आइसियूमा उपचाररत कोरोना संक्रमितको मृत्यु नभएको पुष्टि गरेको छ । प्रदेश पाँचका सामाजिक विकास मन्त्री सुदर्शन बरालले बिभिन्न सञ्चार माध्यमलाई उनको मृत्यु भएको बताएका थिए ।

मन्त्रीले नै संक्रमितको मृत्यु भएको सूचना दिएपछि बिभिन्न सञ्चार माध्यमले उनको मृत्यु भएको समाचार प्रकाशन तथा प्रसारण गरेका थिए । मन्त्रीले मिडिया संग कुरा गर्दै रूपन्देहीको तिलोत्तमास्थित क्रिमसन अस्पतालको आइसियूमा रहेका गुल्मीका कोरोनाभाइरस संक्रमितको मृत्यु भएको जनाएका थिए ।

अस्पतालका सञ्चालक दुर्गा पाण्डे र तिलोत्तमा नगरपालिकाका मेयर बासुदेव घिमिरेले पनि बिरामीको मृत्यु भएको विभिन्न सञ्चारमाध्यमलाई कोट दिएका थिए ।

बुधबार दिउँसो विज्ञप्ति जारी गर्दै अस्पतालले ती बिरामीको अहिले भेन्टिलेटरको सहायतामा उपचार भइरहेको बताएको छ ।

Related News

‘मास्टर्नी’ चलचित्रको प्रमोसन गीतप्रति नेपाल शिक्षक महासंघको आपत्ति, प्रसारण रोक्न माग
‘मास्टर्नी’ चलचित्रको प्रमोसन गीतप्रति नेपाल शिक्षक महासंघको आपत्ति, प्रसारण रोक्न माग
  • २०७७ जेष्ठ ७

‘मास्टर्नी’ चलचित्रको प्रमोसन गीतप्रति नेपाल शिक्षक महासंघको आपत्ति, प्रसारण रोक्न...

TOP