२०८३ श्रावण १, शुक्रबार
July 17, 2026, Friday

कोरोना संक्रमित कुन जिल्लामा कति

काठमाडौं- फागुन मसान्तसम्म एक जनामा देखिएको कोरोना भाइरस आजसम्म आइपुग्दा ३५७ पुगेको छ।

अहिलेसम्म ३१ जिल्लामा फैलिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाले जनाएको छ ।

प्रादेशिक विवरणअनुसार प्रदेश १ मा ४०, २ मा १३२, वागमतीमा १ मृत्युसहित १८, गण्डकीमा ३, प्रदेश ५ मा १ मृत्युसहित १५९ र सुदूरपश्चि प्रदेशमा ५ जना संक्रमित भएका छन्। कुल संक्रमित ३५७ मध्ये पुरुषको संख्या २९८ पुरुष छन् भने ५९ जना महिला छन्।

३६ जना उपचारपछि घर फर्किएका छन्। मृत्यु हुनेमा सिन्धुपाल्चोककी २९ वर्षीया महिला र बाँकेका २५ वर्षीय युवक छन्।

संक्रमित देखिएका जिल्लामा पर्सा (९१), बाँके (८१), कपिलवस्तु (४२), उदयपुर (३३), रुपन्देही (२८), रौतहट (२२), काठमाडौं (७), धनुषा (७), कैलाली (४), बारा (४), चितवन (३), महोत्तरी (३), सर्लाही (३), दाङ (४), बाग्लुङ (२), झापा (२), बर्दिया (२), धादिङ (३), मोरङ (३), भक्तपुर (२), कञ्चनपुर (१), सिरहा (१), भाेजपुर (१), सप्तरी (१), सिन्धुपाल्चोक (१), मकवानपुर (१), नवलपरासी पूर्व (१), नवलपरासी पश्चिम (१), काभ्रे (१), धनुकटा (१) र गुल्मी (१) छन्। 

Related News

सुदूरपश्चिममा एमालेका सबै मन्त्रीलाई मुख्यमन्त्रीले गरे बर्खास्त
सुदूरपश्चिममा एमालेका सबै मन्त्रीलाई मुख्यमन्त्रीले गरे बर्खास्त
  • २०७७ जेष्ठ ५

  दिपायल- सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले एमालेका सबै (४) जना...

TOP