२०८३ जेष्ठ १६, शनिबार
May 30, 2026, Saturday

कैलाली बहुमुखी क्याम्पसको क्वारेण्टाइनमा रहेकालाई सम्बन्धित जिल्ला पठाउने तयारी

शिस डेस्क– भारतको पलिया क्वारेण्टाइनमा २६ दिन बसेर नेपाल प्रबेश गरी कैलाली बहुमुखी क्याम्पसको क्वारेण्टाइनमा राखिएकालाई सम्बीनधत जिल्ला पठाउने तयारी भैरहेको छ । भारतबाट आएर कैलालीमा अलपत्र परेका ७७८ जनालाई प्रध्यापक संघका अध्यक्ष डा. लोक बिष्ट, धनगढी उपमहानगरपालिका वडा नं. १ का वडाध्यक्ष, प्रशासकीय अधिकृत शिवराज जोशी लगायतको पहलमा क्वारेण्टाइनमा राखिएको थियो ।

क्याम्पसको क्वारेण्टाईनमा राखिएका ७७८ जना मध्य धनगढी उपमहानगरपालिकाका ३७ जना, डोटीका ७ जना, काठमाण्डौंका ४ जना, बाजुराका ३ जना र अछामका १ जना क्वारेण्टाईनमै छन् । डोटीका ७ जना, बाजुराका ३ जना र अछामका १ जनालाई सम्बन्धित जिल्लाका प्रशासन तथा स्थानिय तह संगको समन्वयमा पठाउने तयारी भएको प्रध्यापक संघका अध्यक्ष डा. बिष्टले बताए । उनले अन्य जिल्लाकालाई यस अघि पठाइसकेको बताए ।

त्रिनगर भन्सार हुँदै गत २ गते कैलाली प्रवेश गरेका उनिहरुको व्यवस्थापनका लागि प्रदेश सरकारले कुनै चासो नदेखाए पनि केही व्यक्तिको पहलमा क्वारेण्टाइनमा राखेर सम्बनिधत जिल्ला र स्थानिय तहहरु समन्वय गरेर पठाउने कार्य भैरहेको छ ।

डोटीका प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेलले अलपत्र उनिहरुलाई जिल्ला भित्र्याउने तयारी भैरहेको बताए । उनले डोटी अछाम र बाजुराका लाई डोटी सम्म गाडीको व्यवस्था गरेर पठाउन भनेका छन् । शिखर समाचार संगको कुराकानीमा पौडेलले भने,‘प्रदेश सरकारले सम्बन्धित जिल्ला सम्म पुर्याउने व्यवस्था गरिदिनु पर्ने तर त्यो भएन हामीले भाडा यताबाट व्यवस्थापन गछौं पठाइदिनुस् भनेका छौं, बरु अछाम र बाजुराकालाई हामी यतैबाट अर्को व्यवस्था गरेर पठाउँछौं ।’

प्रमुख जिल्ला अधिकारीले पौडेलले जिल्ला भित्र्याएका सबैलाई अनिवार्य सम्बन्धित पालिकाको क्वारेण्टाइनमा राखिने बताए ।

Related News

स्वाथ्यकर्मी बलायर सम्मानित 
स्वाथ्यकर्मी बलायर सम्मानित 
  • २०७७ जेष्ठ ५

दिपायल – भूमिराज स्वास्थ्य चौकीमा कार्यरत एएनएम निरा भण्डारी बलायरलाई...

TOP