२०८३ भाद्र ११, बिहीबार
August 27, 2026, Thursday

बैतडीः जवजस्तीकरणी आरोपमा एक स्वास्थ्यकर्मी पक्राउ

बैतडी– बैतडी जवजस्तीकरणी आरोपमा एक स्वास्थ्कर्मी पक्राउ परेका छन् । जिल्लाको सिगास गाउँपालिका(२ बस्ने स्वास्थ्यकर्मी जनकसिह धामी बलात्कारको आरोपमा पक्राउ परेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नायब उपरीक्षक (डिएसपी) दिपक गिरीले बताए ।

बुधबार ३१ बर्षीय एक महिलाले धामीले आफु माथि जवजस्तीकरणी गरेको जाहिरीका आधारमा उनलाइ बुधबार साँझ पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

सिगास गाउँपालिका अन्र्तगत रहेर स्वास्थ्य संस्थामा काम गर्ने धामीलाई पक्राउ गरिएको हो । पक्राउ परेका धामीलाई इलाका प्रहरी कार्यालय पाटनमा राखेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

महिलाले केही दिन पहिले पनि स्वास्थ्यकर्मी धामीले आफुमाथि हातपात गरेको भन्दै गाजरी प्रहरीमा निवेदन दिएकी थिइन् । स्थानीय र जनप्रतिनिधीहरुले सो बिषय मिलाएको थिए ।

अहिले महिलाले आफुले जवजस्तीकरणीमा जाहिरी दिएपछि प्रहरीले पक्राउ गरेर अनुन्धान थालेको छ ।

Related News

सुदूरपश्चिममा १३ महिनामा ४३ हजारभन्दा बढी सवारीसाधन कारबाहीमा
सुदूरपश्चिममा १३ महिनामा ४३ हजारभन्दा बढी सवारीसाधन कारबाहीमा
  • २०८१ भाद्र २०

सुदूरपश्चिममा १३ महिनामा ४३ हजारभन्दा बढी सवारीसाधन कारबाहीमा महेन्द्रनगर –...

TOP