२०८३ श्रावण १, शुक्रबार
July 17, 2026, Friday

अतिक्रमित भूमि समेटेर नयाँ नक्सा जारी गरिने

काठमाडौं- सरकारले भारतद्वारा अतिक्रमित लिम्पियाधुरा, लिपुलेक, कालापनी क्षेत्रलाई समेटेर नेपालको नयाँ नक्सा प्रकाशन गर्ने भएको छ।

सरकारको नीति तथा कार्यक्रममा भारतबाट अतिक्रमित यी भूमि नेपालकै रहेको उल्लेख छ।

नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले भनिन्, ‘ऐतिहासिक सन्धी नक्सा, तथ्या तथा प्रमाणका आधारमा कुटनीतिक माध्यमबाट मित्र राष्ट्र भारतसँगको सीमा सम्बन्धमा विगत लामो समयदेखि बाँकी रहेका र समय समयमा उठिरहेका विषयहरुको समाधान गरिनेछ। लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र नेपालको भूमि हो र त्यसलाई प्राप्त गर्न ठोस कुटनीतिक पहल गरिनेछ। तदअनुरुप नै छुटेको भूमि समावेश गरी नेपालको नक्सा जारी गरिनेछ।।’

उनले सामाजिक आर्थिक विकासका लागि आर्थिक कूटनीतिलाई जोड दिइने बताइन्।

Related News

‘मास्टर्नी’ चलचित्रको प्रमोसन गीतप्रति नेपाल शिक्षक महासंघको आपत्ति, प्रसारण रोक्न माग
‘मास्टर्नी’ चलचित्रको प्रमोसन गीतप्रति नेपाल शिक्षक महासंघको आपत्ति, प्रसारण रोक्न माग
  • २०७७ जेष्ठ २

‘मास्टर्नी’ चलचित्रको प्रमोसन गीतप्रति नेपाल शिक्षक महासंघको आपत्ति, प्रसारण रोक्न...

TOP