डोटी- कोभिड १९ कोरोना भाइरसलवाट बच्न लगाइएको लकडाउनका कारण समस्यामा परेका मजदुर तथा विपन्न परिवारका लागि डोटीका थप गाउपालीकालाइ सोमवार ५० क्वीन्टल चामल हस्तान्तरण गरिएको छ ।

राहात वितरण गरिएका गाउपालिकामा आदर्श दिपायल सिलगढी नगरपालिका वडा नम्वर १ तिखा घर भइ हाल धनगढीमा व्यापार गर्दै आएका समाजसेवी एवम नेपाली काङग्रेसका नेता लक्ष्मण खड्काको सहयोग तथा नेपाल विद्यार्थी संघ डोटीका नेता एवम सामाजीक अभियन्ता दिपेन्द्र वहादुर सिंहको सहलमा उक्त चामल हस्तान्तरण गरिएको हो ।
युवा अभियान्ता दिपेन्द्र सिंहले सञ्चालन गरेको राहत संकलन तथा वितरण कार्यक्रम मार्फत डोटीका स्थानीय तहका विपन्न तथा मजुर परिवारका लागि चामल हस्तान्तरण गर्ने कार्यक्रम रहेको वताइएको छ । यो अभियानमा खड्काले व्यक्तिगत रुपमा आज सम्म संकलन गरिएको राहत मध्य सबै भन्दा बढी खाद्यान्न उपलब्ध गराएको सिंहले बताए । सोमवार वार गाउपालिकामै राहत सामग्रीका साथ फरक फरक कार्यक्रममा विच नेपाली काङग्रेस डोटी क्षेत्र नम्वर १ का क्षेत्रीय सभापती विजय खड्काले गाउपालीकालाई राहत सामग्री हस्तान्तरण गराएका हुन ।
आदर्श गाउपालिकामा गाउपालिका उपाध्यक्ष कमला ओझा र सायल गाउपालिका अध्यक्ष तेज डुम्रेललाइ २५/ २५ क्विन्टल चामल हस्तान्तरण गरिएको हो । चामल ग्रहण गर्दै सायल गागपालिका गापालीका अध्यक्ष तेज डुम्रेलले दाताहरुलाइ धन्यवाद दिनुका साथै खाद्यान्न सहि सदुपयोग हुने वताउनु भएको छ । त्यसै गरी आदर्श गाउपालिका उपाध्यक्ष कमला ओझाले उपलव्ध भएको खध्यान्न राहतले गाउपालिकामा रहेका विपन्न परिवारमा चुलो वल्ल सहयोग मिल्ले वताइन ।

कोरोना भाइरस (कोभिड १९) का कारण सरकारले जारी गरेको लकडाउनले गर्दा आफ्नो गृह जिल्लाका जनताहरु भोकै बस्नु नपरोस् भनी नितान्त सेवा भावका साथ खाद्यान्न पठाएको समाज सेवी खड्काले बताए । खड्काले तत्कालका लागि गरिव, विपन्न तथा मजदुर जनताको पेट भोको नरहोस् भनेर खाद्यान्न पठाएको बताए । खड्काले भने,‘कोरोना भाइरसको महामारीले विश्वनै संकटमा छ । यस्तो बेला हामिले सक्दो सहयोग गर्नै पर्छ । अहिलेका लागि खाद्यान्न पठाएको छु । त्यस्तै परिस्थिति आए अझै पनि सक्दो सहयोग गर्ने छु ।’
खड्काले डोटी जिल्लाका चार वटा स्थानीय तहहरु दिपायल सिलगढी नगरपालिका, पुर्विचौकी गाउँपालिका, सायल गाउँपालिका र आर्दश गाउँपालिकाका लागि प्रति स्थानीय तह २० क्विन्टलका दरले ८० क्वीन्टल चामल डोटी पठाएका थिए । हामी राहत सामग्रीका साथै दिर्घ रोगीलाइ घरमै गएर औषधी, क्वारेनटाइनकालागि ज्ञानवर्धक पुस्तक, मास्क समेत वितरण गरिरहेको युवा अभियान्ता दिपेन्द्र सिंहले वताए ।
दुई गाउँपालिकामा वितरण गरिएको राहत वितरण कार्यक्रमा नेपाली काँग्रेसका स्थानिय नेता, सुरक्षा निकाय, जनप्रतिनिधि, समाजसेवी, पत्रकारको उपस्थिति रहेको थियो ।
दिपायल – डोटी जेसीजले दिपायलमा एक दिन निःशुल्क दन्त...