२०८३ जेष्ठ १६, शनिबार
May 30, 2026, Saturday

डोटीमा बदेलको आक्रमणबाट एक जना घाइते

डोटी : डोटीमा बदेलको आक्रमणबाट एक जना घाइते भएका छन् । शिखर नगरपालिका- ३ आलीका ३४ बर्षिय भोज बहादुर जोरा घाइते भएका हुन् ।

घाइते जोराको राजपुर स्थित सुजंङ्ग अस्पतालमा उपचार भैरहेको छ । घर नजिकै रहेको खेतबारी सिंचाइका लागि कुलो खन्ने क्रममा भिरालो ठाउँमा अकस्मात बँदेलले आक्रमण गरेको हो । बदेल देखेर भाग्ने क्रममा लखेटेर आक्रमण गरेको घाइते जोराले बताए ।

घाइते जोराको अनुहार तथा दायाँ खुट्टा र तिघ्रामा गहिरो चोट लागेको सुगंज अस्पतालका प्रशासन प्रमुख अर्जुन बलायरले बताए ।

Related News

स्वाथ्यकर्मी बलायर सम्मानित 
स्वाथ्यकर्मी बलायर सम्मानित 
  • २०७७ बैशाख २९

दिपायल – भूमिराज स्वास्थ्य चौकीमा कार्यरत एएनएम निरा भण्डारी बलायरलाई...

TOP