२०८३ असार १७, बुधबार
July 1, 2026, Wednesday

स्तनपानका तीन चरण र आमाले ध्यान दिनुपर्ने ६ कुरा

काठमाडौं– चिकित्सकका अनुसार शिशुको जन्मपछि तीन चरणमा दूध बन्छ। बच्चाको जन्मदेखि पाँच दिनसम्म कोलोस्टर्म स्राव हुन्छ। जन्मको पाँचौं दिनदेखि दोस्रो हप्तासम्म ट्रान्जिसनल दूध आउने गर्दछ। तेस्रो हप्तादेखि परिपक्व दूध आउन थाल्दछ।

कोलोस्टर्म र परिपक्व दूधमा अन्तर भनेको सामान्य दूधको तुलनामा कोलोस्टर्मको दूधको रङ पहेँलो हुन्छ। यसमा कोलेस्टेरल, न्युक्लियोसाइड्स र इम्युनोग्लोब्युलिन जस्ता कयौं एन्टिबडिज हुन्छन्। जसले शिशुलाई कुनैपनि संक्रमओबाट जोगाएर राख्दछ।

आमाको दूधमा ८० प्रतिशत पानी हुन्छ। जबकी सोलिड फुड १२ प्रतिशत हुन्छ। यसमा कार्बोहाइड्रेट र प्रोटिन पनि दुई–दुई प्रतिशत हुन्छ।

सका साथै निर्धारित मात्रामा सवै जरुरी माइक्रो(न्युट्रिएन्टस पनि हुन्छन्। जसले पाचन क्रियामा सहयोग गर्दछन्।

यसैले नवजात शिशुको जन्मको पहिलो ६ महिनासम्म मात्रै आमाको दूधको जरुरी हुन्छ। कुनैपनि दोस्रो भोजन दिइदैन।

शिशुलाई स्तनपान गराउने समय आमाले आफ्नो विशेष ध्यान जरुरी हुन्छ।

–दैनिक कम्तिमा ३० मिनेट हिँडडुल जस्तो सामान्य व्यायाम गर्नुपर्छ
–आराम र निद्रा पर्याप्त चाहिन्छ
–शिशु सुतिरहेका बेला आमाले पनि आराम गर्नुपर्छ
–मन खुशी राख्ने प्रयास गर्नुपर्छ
–आफूलाई मन परेको कुराहरु गर्ने
–दुवै स्तनबाट स्तनपान गराउनुपर्छ

 

Related News

स्वाथ्यकर्मी बलायर सम्मानित 
स्वाथ्यकर्मी बलायर सम्मानित 
  • २०८१ श्रावण १८

दिपायल – भूमिराज स्वास्थ्य चौकीमा कार्यरत एएनएम निरा भण्डारी बलायरलाई...

TOP