२०८३ श्रावण १, शुक्रबार
July 17, 2026, Friday

नेपालमा कोरोना संक्रमितको संख्या ९९ पुग्यो : दुई महिने शिशुमा समेत संक्रमण

शिस, काठमाडौं-  नेपालमा कोरोना संक्रमितको संख्या ९९ पुगेको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा बुधबार गरिएको परीक्षणमा पर्सा वीरगञ्जका दुई महिने शिशुमा समेत कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

मन्त्रालयमा बुधबार आयोजित नियमित प्रेस ब्रिफिङमा प्रवक्ता डा विकास देवकोटाले दुई महिने शिशुमा पनि कोरोनाको संक्रमण पुष्टि भएको जानकारी दिए। 

पर्साको वीरगञ्ज महानगरपालिकाका ती दुई महिने शिशुसहित थप १७ जनामा कोरोनाको संक्रमण पुष्टि भएको डा. देवकोटाले जानकारी दिए।  उनका अनुसार संक्रमित दुई महिने शिशुदेखि ६६ वर्ष उमेरका सात महिला र १० पुरुष रहेका छन्। 

संक्रमित ९९ मध्ये ७१ जना पुरुष र २८ जना महिला रहेको प्रवक्ता देवकोटाले जानकारी दिए।

Related News

‘मास्टर्नी’ चलचित्रको प्रमोसन गीतप्रति नेपाल शिक्षक महासंघको आपत्ति, प्रसारण रोक्न माग
‘मास्टर्नी’ चलचित्रको प्रमोसन गीतप्रति नेपाल शिक्षक महासंघको आपत्ति, प्रसारण रोक्न माग
  • २०७७ बैशाख २४

‘मास्टर्नी’ चलचित्रको प्रमोसन गीतप्रति नेपाल शिक्षक महासंघको आपत्ति, प्रसारण रोक्न...

TOP