२०८३ श्रावण १, शुक्रबार
July 17, 2026, Friday

युवाहरूको पहलमा विपन्नलाई राहत

डोटी- डोटीमा क्रियाशिल युवाहरूले विभिन्न क्षेत्रबाट संकलन गरेर जम्मा पारिएको राहत दुईवटा गाउँपालिकालाई हस्तान्तरण गरिएको छ ।

जिल्लाको बोगटान फुड्सिल र केआईसिँह गाउँपालिकालाई हस्तान्तरण गरिएको हो । मंगलबार दिपायलमा एक कार्यक्रमका बीच राहत हस्तान्तरण गरिएको हो ।

दुईवटा गाउँपालिकालाई हाल ५०/५० बोरा चामल प्रदान गरिएको राहत संकलनमा सक्रिय युवा दिपेन्द्र सिँहले बताए । उनले भने,’मानवता भएका मान्छेबाट संकलन गरेको राहत सबै स्थानीय तहमा पुर्याउने हाम्रो लक्ष्य छ ।’

राहत बुझिसकेपछि बोगटान फुड्सिल गाउँपालिकाका अध्यक्ष कमल गड्सिलाले अहिलेको विपदको परिस्थितीमा कठिन अवस्थामा रहेका विपन्न नागरिकका लागि उपलब्ध राहत धेरै ठुलो हुने बताए । ‘यस्ता ससाना प्रयासहरू पनि ठुला हुन्छन्,’उनले भने,’कोरोनासंग जुझ्न यस्ता सामाजिक अभियानहरूले सरकारलाई ठुलो सहयोग गर्छ ।’

प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेलले यस्ता सहयोगी कार्यक्रमहरूले विपदका बेला जोखिममा रहने विपन्न वर्गको जीविका चलाउन मद्दत गर्ने बताए ।

Related News

‘मास्टर्नी’ चलचित्रको प्रमोसन गीतप्रति नेपाल शिक्षक महासंघको आपत्ति, प्रसारण रोक्न माग
‘मास्टर्नी’ चलचित्रको प्रमोसन गीतप्रति नेपाल शिक्षक महासंघको आपत्ति, प्रसारण रोक्न माग
  • २०७७ बैशाख २३

‘मास्टर्नी’ चलचित्रको प्रमोसन गीतप्रति नेपाल शिक्षक महासंघको आपत्ति, प्रसारण रोक्न...

TOP