२०८३ असार १६, मंगलवार
June 30, 2026, Tuesday

आजदेखि मनसुन अझ सक्रियः डोटी लगायत सुदूरपश्चिमका ७ जिल्ला उच्च जोखिममा (सूचीसहित)

फाइल तस्बिर : २०७८ कार्तिकमा सेती नदीमा आएको बाढी

दिपायल- जल तथा मौसम विज्ञान विभागले आजदेखि तीन दिनसम्म मनसुन अझ सक्रिय हुने जनाएको छ ।

विभागको मौसम पूर्वानुमान महाशाखाले आज (असार २१) देखि तीन दिन (असार २३) सम्म मनसुन अझ सक्रिय भई देशभर व्यापक वर्षा हुने सम्भावना रहेको जनाएको छ ।

मौसम पूर्वानुमान महाशाखाले जोखिमका हिसाबले जिल्लाहरूलाई तीन भागमा विभाजन गरेको छ । महाशाखाका अनुसार यस अवधिमा सुुदूरपश्चिम प्रदेशका ९ वटा जिल्लाहरु मध्य ७ पहाडी जिल्लाहरु उच्च जोखिममा छन् भने तराईका दुुई जिल्लाहरु मध्यम जोखिममा छन् ।

सुदूरपश्चिमका डोटी, अछाम, बझाङ, बाजुरा, डडेल्धुुरा, बैतडी र दार्चुुला जिल्ला उच्च जोखिममा छन् भने कैलाली र कञ्चनपुर मध्यम जोखिममा छन् ।

सुदूरपश्चिमका ७, गण्डकी प्रदेशका ८, लुम्बिनीका ९ र कर्णालीका ६ गरी ३० जिल्ला उच्च जोखिममा देखिएका छन् ।

Related News

नेपाली कांग्रेसको १५औँ महाधिवेशन तयारीमा चुनौती: सदस्यता विवाद कायमै, ३ लाख नयाँ सदस्य थप्ने लक्ष्य
नेपाली कांग्रेसको १५औँ महाधिवेशन तयारीमा चुनौती: सदस्यता विवाद कायमै, ३ लाख नयाँ सदस्य थप्ने लक्ष्य
  • २०८१ असार २१

नेपाली कांग्रेसको १५औँ महाधिवेशन तयारीमा चुनौती: सदस्यता विवाद कायमै, ३...

TOP