२०८३ जेष्ठ १६, शनिबार
May 30, 2026, Saturday

डोटीमा खोलामा डुबेर एक जनाको मृत्यु

दिपायल– डोटीमा खोलामा डुबेर एक जनाको मृत्यु भएको छ । रोल्पा नगरपालिका– ३ खुलेमका ३६ वर्षीय दीपेन्द्र घर्तीमगरको मृत्यु भएको प्रहरीले जनाएको छ ।

शिखर नगरपालिका– ७ सेटीगाउँ अन्तरगत पर्ने छेणागाढ खोलामा नुहाउने क्रममा मंगलबार मध्यान्ह करिब १२ बजेतिर डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक भिमलाल भट्टराईले जानकारी दिए ।

मृतक घर्तीमगर खोटो कम्पनी अन्तरगत खोटो संकलन गर्ने मजदुर हुन् । मृतकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल पठाइएको छ ।

Related News

शैलेश्वरी डोटी सार्वजनिक यातायात प्रालिको अध्यक्षमा माझी निर्वाचित 
शैलेश्वरी डोटी सार्वजनिक यातायात प्रालिको अध्यक्षमा माझी निर्वाचित 
  • २०८१ जेष्ठ १

  दिपायल – शैलेश्वरी डोटी सार्वजनिक यातायात प्रालि, डोटीको अध्यक्षमा केपी...

TOP