२०८३ बैशाख ५, शनिबार
April 18, 2026, Saturday

पिथौरागढ र धार्चुलामा अलपत्र नेपालीलाई स्वदेश ल्याईयो

गत चैत्र गते देखि भारतको पिथौरागढमा अलपत्र परेका नेपालीहरुलाई नेपाल ल्याउन थालिएको छ । बैतडीसंग सीमा जोडिएको भारतको झुलाघाट क्वारेन्टाइनमा रहेका नेपालीहरुलाई आज नेपाल ल्याउन थालिएको हो ।

क्वारेन्टाइनमा रहेका ५८० जना र अन्य त्यही रहेका नेपालीहरु गरि करिब ७५० जनालाई आज बिहान ८:३० बजेबाट नेपाल ल्याउन लागिएको बैतडीका प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलले जानकारी दिए । उनले सबैलाई चेकजाँच पछि बैतडीका हकमा यहि रहेको क्वारेन्टाइन राखिने र अन्य जिल्लाकालाई सम्बन्धि जिल्लाले स्थापना गरेको क्वारेन्टाइन राखिने बताए ।

त्यस्तै एक महिनादेखि भारत पिथौरागढको धार्चुलाका क्वारेन्टाइनमा रहेका नेपाली मजदुरको समेत उद्धार सुरु भएको छ। क्वारेन्टाइन अवधि सकिए पनि पारी रहेका ८१७ जनाको उद्धार हुन सकेको थिएन । सोही बिषयमा बुधबार अपरान्ह बसेको बैठकले निर्णय गरेपछि आज बिहानदेखि उद्धार सुरु भएको हो।

सीमामा रोकिएका नेपाली ल्याउने विषयमा पटक–पटक छलफल भएपनि एकसातादेखि मिति पक्कापक्की भएको थिएन्। बुधबार बैतडी, दार्चुला र पिथौरागढका जिल्ला अधिकारीबीच उच्चस्तरीय सहमति भएको हो।

उनीहरुको आज बिहान ९:२० बजेदेखि उद्धार सुरु गरिएको प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले जानकारी दिए। उनके उद्दार पछि दार्चुलाकालाई यहि र अन्य जिल्लाकालाई सम्बन्धित जिल्लामा नै क्वारेन्टाइनमा बस्ने गरि जनप्रतिनिधिको जिम्मा लगाएर पठाइने बताए ।

Related News

ग्यासको अभावका बीच वायुपंखी चुलो वितरण 
ग्यासको अभावका बीच वायुपंखी चुलो वितरण 
  • २०७७ बैशाख १८

दिपायल – आस्था नेपालले समुदायमा वायुपंखी चुलो वितरण गर्न थालेको...

TOP