२०८१ जेष्ठ ४, शुक्रबार
May 17, 2024, Friday

डेढ किलो लागुऔषध सहित चार जना पक्राउ

कैलालीमा करिब डेढ किलो लागुऔषध चरेससहित चार जना पक्राउ परेका छन् ।

सुदूरपश्चिम प्रदेश अनुसन्धान समूह (आरआईटी) र इलाका प्रहरी कार्यालय सुखडको टोलीले घोडाघोडी नगरपालिका-५ को देउकलियाबाट चार जनालाई पक्राउ गरेको हो ।

इलाका प्रहरी कार्यालय सुखडका प्रमुख प्रहरी नायब उपरीक्षक(डीएसपी) वीरेन्द्रवीर विश्वकर्माले एक किलो तीन सय ग्राम चरेससहित उनीहरूलाई पक्राउ गरिएको जानकारी दिए ।

पक्राउ पर्नेमा घोडाघोडी नगरपालिका-१० बस्ने ४८ वर्षीय नरबहादुर घिमिरे, ३१ वर्षीय थानेश्वर घिमिरे, कञ्चनपुरको भीमदत्त नगरपालिका-१ बस्ने २९ वर्षीय सागर बस्नेत र कृष्णपुर नगरपालिकाका ३६ वर्षीय चन्द्र नेपाली रहेको डीएसपी विश्वकर्माले बताए ।

Related News

सन्दीप लामिछाने निर्दोष ठहर, पीडितलाई सर्वोच्च जाने बाटो
सन्दीप लामिछाने निर्दोष ठहर, पीडितलाई सर्वोच्च जाने बाटो
  • २०८० भाद्र १९

काठमाडौँ- क्रिकेटर सन्दीप लामिछानेको मुद्दालाई उच्च अदालत पाटनले उल्टाइदिएको छ...

TOP