२०८१ बैशाख २६, बुधबार
May 8, 2024, Wednesday

शिखर नगरपालिकाले खोप लगाउन छुटेका बालबालिका ल्याए पुरस्कार दिने

दिपायल- शिखर नगरपालिकाले खोप लगाउन छुटेका बालबालिकाहरुलाई सम्पर्कमा ल्याए पुरस्कार दिने घोषणा गरेको छ । सोमबार नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा गर्दै खोप लगाउन छुटेका बालबालिका ल्याए प्रति बालबालिका रु पाँच सय पुरस्कार दिने घोषण गरेको हो ।

निश्चित इन्डिकेटरका आधारमा पूर्ण खोप सुनिश्चितता नगरपालिका घोषणा गरेको दाबी गर्दै नगरपालिकाले कोही पनि बालबालिका खोपबाट बञ्चित नरहेको जनाएको छ । “हामीले हालसम्म नगरका कुनै पनि बालबालिकाहरु खोप लगाउनबाट छुटाएका छैनौं स्वास्थ्य शाखा प्रमुख हरिष शाहले भने,“कोही कसैले खोप लगाउन छुटेका बालबालिकालाई सम्पर्कमा ल्याएँ जनही रु. पाँच सय पुरस्कार दिन्छौं ।”

Related News

बसको ठक्करबाट पूर्व वडाध्यक्षको मृत्यु भएपछि भिमदत्त राजमार्ग अवरुद्ध
बसको ठक्करबाट पूर्व वडाध्यक्षको मृत्यु भएपछि भिमदत्त राजमार्ग अवरुद्ध
  • २०८० जेष्ठ १५

दिपायल – भिमदत्त पन्त राजमार्ग अन्तर्गत गैरा सडक खण्ड अवरुद्ध...

TOP