२०८३ श्रावण १, शुक्रबार
July 17, 2026, Friday

अध्यादेशबारे कांग्रेसले बोलायो विपक्षी दलको संयुक्त बैठक

काठमाडौँ –  सरकारले साेमबार जारी गरेको दुई अध्यादेशको विरोध गर्दै फिर्ता लिन माग गरेको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले अरु विपक्षी दलहरुसँग समान धारणा बनाउन प्रयास गर्ने भएको छ।

कांग्रेसले बुधबार दिँउसो पार्टी कार्यालय सानेपामा विपक्षी दलहरु राजपा, समाजवादी, राप्रपालगायतका दलसँग छलफल गर्न लागेको हो। अरु दलसँग कांग्रेसले अध्यादेशबारे आफ्नो धारणा राख्ने प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए।

उनले भने, ‘विपक्षी दलहरुसँगको बैठकमा कांग्रेसले आफ्नो धारणा राख्छ। बैठकले समाधान धारणा बनाउन कोसिस गर्छ।’ नेकपाबाहेक अरु दलले अध्यादेश फिर्ता लिन माग गर्दै विरोध जनाएका छन्। नेकपाभित्र पनि अध्यादेशप्रति तीव्र असन्तुष्टि देखिएको छ।

सरकारले संवैधानिक परिषद सम्बन्धी ऐनमा विपक्षी दलको नेताविनै निर्णय गर्न सक्ने र राजनीतिक दल सम्बन्धी ऐनमा पार्टी विभाजनको प्रावधान खुकुलो बनाउने गरी अध्यादेश जारी गरेको थियो।

संवैधानिक परिषदले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीलाई थप एकजना सदस्यले साथ दिएको अवस्थामा जस्तोसुकै निर्णय गर्न सक्ने बनाइएको छ।

दल सम्बन्धी ऐनमा पार्टी विभाजनका लागि केन्द्रीय समिति र संसदीय दल दुवैतर्फ ४०/४० प्रतिशत हुनुपर्नेमा अब एकातिर मात्रै ४० प्रतिशत भए पुग्ने प्रावधान राखिएको छ।

बुधबार बसेको कांग्रेस पदाधिकारी बैठकले अध्यादेश संविधानका लागि अशुभ संकेत भएको निष्कर्ष निकाल्दै फिर्ता लिन माग गरेको थियो।

Related News

तीन दिनमै ५० अर्बभन्दा बढी राजस्व संकलन, वार्षिक वृद्धिदर भने ५ प्रतिशतमा सीमित
तीन दिनमै ५० अर्बभन्दा बढी राजस्व संकलन, वार्षिक वृद्धिदर भने ५ प्रतिशतमा सीमित
  • २०७७ बैशाख १०

तीन दिनमै ५० अर्बभन्दा बढी राजस्व संकलन, वार्षिक वृद्धिदर भने...

TOP