२०८३ जेष्ठ १६, शनिबार
May 30, 2026, Saturday

मजदुर तथा विपन्न परिवारलाई दिसिनपाको राहत

डोटी : दिपायल सिलगढी नगरपालिकाले मजदुर तथा विपन्न परिवारलाई राहत दिएको छ । मंगलबार नगरले नगरपालिकाको वडा नं. ४ मा रहेका मजदुर तथा विपन्न परिवारलाई खाद्यान्न वितरण जरेको हो ।

वडाका दुई सय २० परिवारलाई खाद्यान्न वितरण गरिएको वडाध्यक्ष विरेन्द्र शाहले बताए । उनले वडामा रहेका विपन्न परिवार, दैनिक ज्यालादारी गरेर जिविकोपार्जन गर्ने मजदुरलाई खाद्यान्न वितरण गरिएको वताए ।

कोरोना भाइरस (कोभिड-१९) का कारण गरिएको लकडाउने गर्दा मजदुरहरू काम बिहिन भएकाले उनिहरूको पेट भोको नरहोस् भनेर खाद्यान्न वितरण गरिएको नगर प्रमुख मलासीले बताइन् ।

नगरले दिसिनपा- ४ मा रहेको खप्तड रंगशाला र पिपल्ला मा राहत वितरण गरेको थियो । दुई जना सदस्य भएको परिवारलाई १५ किलो चामल, २ किलो दाल, १ किलो नुन, १ पोका तेल र २ सावुन वितरण गरिएको नगरपालिकाले जनाएको छ ।

त्यस्तै दुई भन्दा बढी सदस्य भएको परिवारका सदस्यलाई ३० किलो चामल, ४ किलो दाल, २ किलो नुन, २ पोका तेल र ४ सावुन वितरण गरिएको छ ।

मंगलवार ४ नम्वर वडाबाट सुरू भएको राहत वितरण कार्यक्रम नगरका सबै वडामा सञ्चालन गरिने मेयर मलासीले बताइन् । उनले लकडाउन थप भएको अवस्थामा परिस्थिति हेरेर राहत पनि थप गर्ने शिखर समाचार संग बताइन् ।

राहत वितरण कार्यक्रममा भिडभाड बढी भएको भन्दै घर तथा टोलमै राहत पुर्याउँनु पर्ने स्थानीयको माग छ ।

Related News

स्वाथ्यकर्मी बलायर सम्मानित 
स्वाथ्यकर्मी बलायर सम्मानित 
  • २०७७ बैशाख ९

दिपायल – भूमिराज स्वास्थ्य चौकीमा कार्यरत एएनएम निरा भण्डारी बलायरलाई...

TOP