२०८३ श्रावण १, शुक्रबार
July 17, 2026, Friday

नेपालमा कोरोना संक्रमितको संख्या ३० पुग्यो : एकैदिन थपिय १४ संक्रमित

उदयपुरको मस्जिदमा रहेका १२ र चितवनमा एकै परिवारका दुई जनामा कोरोना पुष्टि

नेपालमा एकैदिन १४ जनामा कोरोनाभाइरस संक्रमित थपिएका छन्। शुक्रबार उदयपुरको भुल्केस्थित एक मस्जिदमा रहेका १६ मध्ये १२ जना र चितवनमा २ जनामा कोरोना पोजेटिभ पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

चितवनको राप्ती नगरपालिकाका एकै परिवारका दुई सदस्यमा कोरोना पोजेटिभ देखिएको छ। उनीहरू बेलायतबाट हङकङ हुँदै नेपाल आएका थिए।

प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले उदयपुरमा भेटिएका १२ जना भारतीय भएको आफूलाई जानकारी आएको बताए।

‘मलाई काठमाडौंबाट भर्खरै जानकारी भयो। उनीहरू भारतीय नागरिक भन्ने सूचना छ’ उनले भने, ‘अब कन्ट्याक्ट ट्रेसिङको काम अगाडि बढाउँछौं।’

उनीहरू एक महिना अगाडि मोरङ, सुनसरी र सप्तरी हुँदै उदयपुर आएको भन्ने बुझिएको छ। अहिले सो मस्जिदमा १६ जना रहेको उदयपुरका प्रमुख जिल्ला अधिकारी दीपक कुमार पहाडीले बताए। उनले १६ जनामध्ये १२ जना भारतीय रहेको पनि जनाए। ‘उहाँहरू मस्जिदको ठूलो हलमा हुनुहुन्छ। हामीले निगरानी गरिरहेका छौं,’ उनले भने। 

बुधबार १६ जनाकै स्वाब परीक्षण गर्नको लागि कोसी अस्पतालमा रहेको प्रयोगशाला पठाइएको थियो। 

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ३० पुगेको छ।

संक्रमण देखिएका सबै पुरूष भएको २० देखि ४० उमेर समूहका रहेका स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको छ।

Related News

‘मास्टर्नी’ चलचित्रको प्रमोसन गीतप्रति नेपाल शिक्षक महासंघको आपत्ति, प्रसारण रोक्न माग
‘मास्टर्नी’ चलचित्रको प्रमोसन गीतप्रति नेपाल शिक्षक महासंघको आपत्ति, प्रसारण रोक्न माग
  • २०७७ बैशाख ५

‘मास्टर्नी’ चलचित्रको प्रमोसन गीतप्रति नेपाल शिक्षक महासंघको आपत्ति, प्रसारण रोक्न...

TOP