२०८३ असार १५, सोमबार
June 29, 2026, Monday

धार्चुला क्वारेन्टाइनमै किरिया बसेका बासुदेव नेपाल फर्किने

धनगढी – नेपाल फर्कन नपाएपछि भारतको धार्चुलाको बलुवाकोटमा क्वारेन्टाइनमै आमाको किरिया बसेका दार्चुलाको शैल्यशिखर नगरपालिका–१ का बासुदेृव भट्टलाई घर फर्काउन गृह मन्त्रालयले स्थानीय प्रशासनलाई निर्देशन दिएको छ ।

गृहको निर्देशनपछि स्थानीय प्रशासनले उनलाई नेपाल ल्याउन पहल थालेको छ । त्यसका लागि दार्चुला प्रशासनको बैठक बसेको जनाइएको छ ।

दुई साताभन्दा लामो समयदेखि भारतीय भूमिमा क्वारेन्टाइनमा बसेका दार्चुलाका भट्टकी आमाको मंगलबार घरमा निधन भएको थियो। क्वारेन्टाइनमै बसेका बेला मंगलबार दार्चुलास्थित घरबाट उनलाई फोन गरेर आमाको मृत्यु भएको खबर आए पनि उनी नेपाल फर्कन पाएका थिएनन् ।

घरमा आमा बितेको खबर पाएदेखि नै उनी आमाको अन्तिम संस्कारमा सरिक हुन र काजकिरियाका लागि घर फर्किन हारगुहार गरे पनि नेपाली पक्षले नेपाल प्रवेश गर्न नदिएको उनले बताएका छन् ।

आमाको काजकिरियाका लागि पनि नेपाल प्रवेशको अनुमति नपाएपछि उनी क्वारेन्टाइनमै किरिया बसेका थिए । दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी टेकसिंह कुँवरले बासुदेवलाई घर फर्काउनका लागि पहल भइरहेको बताएका छन् । धार्चुलामा मात्र एक हजारभन्दा बढी नेपाली रोकिएका छन्।

Related News

गृहमन्त्री सुदन गुरुङको छड्के अनुगमनले पर्सा–बाराका सुरक्षा निकायमा तरंग
गृहमन्त्री सुदन गुरुङको छड्के अनुगमनले पर्सा–बाराका सुरक्षा निकायमा तरंग
  • २०७७ बैशाख ४

गृहमन्त्री गुरुङको छड्के अनुगमनले पर्सा–बाराका सुरक्षा निकायमा तरंग सीमा नाकामा...

TOP