२०८३ असार १५, सोमबार
June 29, 2026, Monday

द्रुत परीक्षणले देखायो थप एक महिलामा कोरोना संक्रमण

बागलुङमा थप एक महिलामा द्रुत परीक्षण (र्‍यापिड डाइगोनोस्टिक टेष्ट) का पोजेटिभ देखिएको छ।

जिल्लाको काठेखोला गाउँपालिकामा आइतबार ५७ जनाको द्रुत परीक्षण गरिएकोमा एक मात्र काठेखोला–६ की ६५ वर्षीया महिलामा कोरोना संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य कार्यालय बागलुङका प्रमुख सुरज गुरौले बताए।

उनी केही साता अघि मात्रै गाउँका  सर्वसाधारणसँगै मिलेर भारतको तीर्थयात्राबाट फर्किएकी हुन्। र्‍यापिड टेष्टमा पोजेटिभ देखिएपछि अहिले महिलालाई गाउँपालिकाकै क्वारेन्टाइनमा राखिएको छ।

रिपोर्ट पोजेटिभ देखिएकी महिलाको पुनः स्वाब संकलन गरेर थप परीक्षणका लागि पोखरा वा काठमाडौं पठाउने तयारीमा रहेको बागलुङका प्रमुख जिल्ला अधिकारी गौलोचन शैजुले जानकारी दिए। 

Related News

ट्राफिक जरिवानासँगै राज्य पनि जवाफदेही हुनुपर्ने सांसद ज्ञानेन्द्र शाहीको माग
ट्राफिक जरिवानासँगै राज्य पनि जवाफदेही हुनुपर्ने सांसद ज्ञानेन्द्र शाहीको माग
  • २०७६ चैत्र ३०

ट्राफिक जरिवानासँगै राज्य पनि जवाफदेही हुनुपर्ने सांसद ज्ञानेन्द्र शाहीको माग...

TOP