२०८३ असार १४, आईतवार
June 28, 2026, Sunday

कोरोना आशंका गरिएका दुई जना डडेल्धुरा अस्पतालबाट भागे

डडेल्धुरा– डडेल्धुरामा कोरोना भाइरस (कोभिड १९)को आशंका गरिएका दुईजना अस्पतालको आईसोलेसन वार्डबाट भागेका छन्। भारतबाट फर्किएर डडेल्धुरा अस्पतालको आइसोलेसनमा राखिएका दुई जना शनिबार दिउँसो भागेका हुन्।

 कोरोना आशंकामा आईसोलेन वार्डमा भर्ना गरिएका उनीहरू भागेको अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डाक्टर जगदीशचन्द्र विष्टले बताए।

उनीहरुको चार दिन अघि नमूना संकलन गरेर काठमाडौँ पठाईएकोमा रिर्पोट अहिले सम्म नआएको डाक्टर विष्टले बताए। तर उनीहरु रिर्पोट नआउँदै भागेका हुन्।

अस्पतालबाट भागेका उनीहरू भागेश्वर गाउँपालिका ३ नानीगाडका स्थानीय रहेको बुझिएको प्रहरीले जनाएको छ। उनीहरुको खोजी जारी राखिएको प्रहरीले जनाएको छ। 
 

Related News

ट्राफिक जरिवानासँगै राज्य पनि जवाफदेही हुनुपर्ने सांसद ज्ञानेन्द्र शाहीको माग
ट्राफिक जरिवानासँगै राज्य पनि जवाफदेही हुनुपर्ने सांसद ज्ञानेन्द्र शाहीको माग
  • २०७६ चैत्र ३०

ट्राफिक जरिवानासँगै राज्य पनि जवाफदेही हुनुपर्ने सांसद ज्ञानेन्द्र शाहीको माग...

TOP