२०८३ श्रावण १, शुक्रबार
July 17, 2026, Friday

भारतमा ९० नेपाली चार दिनदेखि भोकै

रोजगारीको सिलसिलामा भारतमा रहेका नेपाली भोकभोकै पर्न थालेका छन् । रोजगारीको सिलसिलामा भारतमा रहेका नेपाली लकडाउनका  कारण भोकै बस्न बाध्य भएका हुन् ।

भारतको उत्तराखण्ड राज्यको अल्मोडा जिल्लामा मजदुरी गर्ने ९० जना एउटा स्कुलमा बसेको चार दिनदेखि खाद्यान्न नभएका कारणले भोकै रहेको दैलेख गुराँस गाउँपालिका– ७ का कर्ण थापाले बताए । ‘चार दिन भयो खाना पनि खाएका छैनौँ,’ उनले भने, ‘बाहिर निस्कन पनि दिइएको छैन । राहतका लागि भारतमा पहल गर्दा कुनै ठाउँबाट खाद्यान्न पाएनौँ ।’

मजदुरी नहुँदा भोकै रहेको बैजनाथ गाउँपालिका– ३ बाँकेका रामबहादुर थापाले बताए । ‘मजदुरी गरेर केही पैसा बाँचेको थियो, त्यो पनि सकियो,’ उनले भने, ‘हामी कर्णालीका गरेर ९० जनाजति छौँ । हामी भोकले मर्न थाल्यौँ ।’ नेपाल सरकारले गर्ने जुनसुकै निर्णय मान्न आफूहरू तयार रहेको तर सरकारले उद्धार गरेर नेपालमा लैजानुपर्ने शिवालय गाउँपालिका– ४ सल्यानका लालबहादुर रावतले बताए । ‘नेपाल सरकारले गर्ने जुनसुकै काम मान्न हामी तयार छौँ,’ उनले भने, ‘नेपालमा जाने वातावरण मिलाउन सरकारसँग आग्रह गर्छौं ।’

भारतमा आफूहरू भोकै मर्न लागेको र खान–बस्नको समस्या भएको ढुंगेश्वर गाउँपालिका– १ दैलेखका उदय खत्रीले बताए । ‘भारत सरकारसँग राहत माग्न ६ दिन जाँदा पनि पाइएन,’ उनले भने, ‘हामीलाई  नेपाल  सरकारले नेपाल झिकाउनुपऱ्यो, आउन चाहन्छौँ । कि हामीलाई भारतमा खानाको व्यवस्थापन गर्नुपऱ्यो ।’

भारत सरकार र नेपाल सरकारले व्यवस्था नगर्दा अब बाँच्ने आस पनि मरिसकेको गुराँस गाउँपालिका–६ दैलेखका रमेश थापाले बताए । ‘कोरोनाभन्दा हामी यहाँ भोकले मर्न थाल्याैँ,’ उनले भने, ‘नेपाल सरकारले भारत सरकारलाई भनेमा केही हुन्छ कि ?’
 

Related News

सुदूरपश्चिममा एमालेका सबै मन्त्रीलाई मुख्यमन्त्रीले गरे बर्खास्त
सुदूरपश्चिममा एमालेका सबै मन्त्रीलाई मुख्यमन्त्रीले गरे बर्खास्त
  • २०७६ चैत्र ३०

  दिपायल- सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले एमालेका सबै (४) जना...

TOP