२०८१ बैशाख १९, बुधबार
May 1, 2024, Wednesday

सुदूरपश्चिममा थप ३८३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टी

डोटी – शुक्रबार सुदुरपश्चिममा थप ३८३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टी भएको छ ।पछिल्लो २४ घण्टमा एन्टीजेन बिधिबाट १९ सय नमूनाको कोरोना परिक्षण गर्दा ३ सय १० र पीसीआर बिधिबाट १ सय ३१ नमुनाको कोरोना परिक्षण गर्दा ७३ जनामा संक्रमण पुष्टि भएको हो ।

आज दुई हजार ३१ जनाको परीक्षण गरिएको निर्देशनालयले जनाएको छ। आज संक्रमण पुष्टि भएका तीन सय ८३ जनामध्ये दुई सय ६७ जना आजै भारतबाट आएका नागरिक हुन्।कञ्चनपुरको गड्डाचौकी नाकाबाट भित्रिएका ८ सय ८९ जनाको कोरोना परिक्षण गर्दा ८६ जना, कैलालीको गौरिफन्टा नाकाबाट भित्रिएका ८ सय ३९ जनाको कोरोना परिक्षण गर्दा १ सय ८० जना र झुलाघाट नाकाबाट भित्रिएका ७० जनाको कोरोना परिक्षण गर्दा १ जनामा संक्रमण पुष्टि भएको हो ।

यो संगै प्रदेशमा कोरोना संक्रमितको संख्या ५० हजार १ सय ८० पुगेको छ ।निर्देशनालयका अनुसार पछिल्लो २४ घण्टामा १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो संगै कोरोना जित्नेको संख्या ३८ हजार २ सय २९ पुगेको छ ।

Related News

श्रम शक्ति नै राष्ट्र शक्ति हो : ट्रेड युनिय कांग्रेस अध्यक्ष कठायत
श्रम शक्ति नै राष्ट्र शक्ति हो : ट्रेड युनिय कांग्रेस अध्यक्ष कठायत
  • २०७८ पुष ३०

दिपायल- नेपाल ट्रेड युनिय कांग्रेस डोटीका अध्यक्ष शंकर बहादुर कठायतले...

TOP