दिपायल– सेती नदीमा बेपत्ता भएका कार चालकको शव तीन दिन पछि फेला परेको छ । धनगढी उप–महानगरपालिका–३ कैलालीका अन्दाजी ३८ वर्षीय नर बहादुर तामाङको शव बुधबार फेला परेको हो ।
डोटीको शिखर नगरपालिका– ८ लुवाखडीस्थित सडक किनारमा कार रोकेर सेती नदिमा नुहाउन गएका चालक तामाङ १७ गते (सोमबार) बेपत्ता भएका थिए । धनगढीबाट अछाम तर्फ जाँदै गरेको सु.प.प्र. ०१ ००१ ज. १५३४ नम्बरको अल्टो कारका चालक तामाङ नुहाउने क्रममा बेपत्ता भएका थिए ।
तामाङको शव बेपत्ता भएकै स्थानमा फेला परेको शिखर नगरपालिकाका नगर प्रमुख दीर्घ बहादुर बलायरले बताए । बेपत्ता तामाङको खोजिकार्यका लागि अत्तरियास्थित सशस्त्र प्रहरी बल ७ नं. बैद्यनाथ बाहिनीबाट रबर बोटसहित गोताखोर टोली खटिएको थियो । लामोसमयको खोजिकार्य पछि खोजिका लागि अत्तरियाबाट सशस्त्र प्रहरीको गोताखोर टोली झिकाइएको नगर प्रमुख बलायरले बताए ।
सशस्त्र प्रहरी बलको गोताखोर टोली, जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक भिमलाल भट्टराई नेतृत्वको टोली र स्थानीयले तीन दिन देखि खोजिकार्य जारी राखेका थिए । शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल पठाउने तयारी भइरहेको प्रहरी नायव उपरीक्षक भट्टराईले बताए ।
दिपायल- चैत ७ गतेदेखि सुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसईई)मा...