दिपायल- नेपाल ट्रेड युनिय कांग्रेस डोटीका अध्यक्ष शंकर बहादुर कठायतले नेपालको श्रम शक्ति नै राष्ट्र शक्ति भएको बताएका छन् । अन्तराष्ट्रिय श्रमिक दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले राज्यले श्रम शक्तिलाई पहिचान गरि राष्ट्रिय हितमा प्रयोग गर्नु पर्ने बताए ।
‘मर्यादित काम, श्रमिकको सम्मान, हाम्रो अभियान’ मूल नाराका साथ मनाइएको अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा कठायतले विश्वभरी एक साथ मनाइने श्रमिक दिवसले श्रमिकका हक अधिकार स्थापित गर्ने बताए । श्रमशक्ति नै राष्ट्रशक्ति भएको बताउदै उनले श्रमिकको जीवनस्थर माथि नउठेसम्म देशको विकास हुन नसक्ने दाबी गरे ।
नेपाल ट्रेड युनिय कांग्रेस डोटी जहिले पनि श्रमिकको हकहित र पक्षमा रहेको बताउँदै अध्यक्ष कठायतले श्रमिकको सम्मान र अधिकारका लागि लडिरहने प्रतिवद्धता व्यक्त गरे । दिवसका अवसरमा उनलेसम्पूर्ण मजदुर, श्रमिकहरुमा शुभकामना व्यक्त गरेका छन् ।
दिवसकै अवसरमा ट्रेड युनिय कांग्रेस डोटी शाखाले बिरामीहरुलाई फलुफल वितरण गरेको छ । दिवसको अवसर पारेर सुजङ्ग अस्पताल राजपुरमा रहेका बिरामीहरुलाई फुलफुल वितरण गरिएको हो ।
अध्यक्ष कठायत लगायतको टोलीले अस्पतालमा रहेका विरामीहरुको स्वास्थ्य अवस्थाका बारेमा बुझ्नुका साथै स्वास्थ्य लाभको कामना समेत गरेका थिए ।
दिपायल- चैत ७ गतेदेखि सुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसईई)मा...