२०८१ बैशाख ६, बिहीबार
April 18, 2024, Thursday

सुदूरपश्चिममा थप ३८३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टी

डोटी – शुक्रबार सुदुरपश्चिममा थप ३८३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टी भएको छ ।पछिल्लो २४ घण्टमा एन्टीजेन बिधिबाट १९ सय नमूनाको कोरोना परिक्षण गर्दा ३ सय १० र पीसीआर बिधिबाट १ सय ३१ नमुनाको कोरोना परिक्षण गर्दा ७३ जनामा संक्रमण पुष्टि भएको हो ।

आज दुई हजार ३१ जनाको परीक्षण गरिएको निर्देशनालयले जनाएको छ। आज संक्रमण पुष्टि भएका तीन सय ८३ जनामध्ये दुई सय ६७ जना आजै भारतबाट आएका नागरिक हुन्।कञ्चनपुरको गड्डाचौकी नाकाबाट भित्रिएका ८ सय ८९ जनाको कोरोना परिक्षण गर्दा ८६ जना, कैलालीको गौरिफन्टा नाकाबाट भित्रिएका ८ सय ३९ जनाको कोरोना परिक्षण गर्दा १ सय ८० जना र झुलाघाट नाकाबाट भित्रिएका ७० जनाको कोरोना परिक्षण गर्दा १ जनामा संक्रमण पुष्टि भएको हो ।

यो संगै प्रदेशमा कोरोना संक्रमितको संख्या ५० हजार १ सय ८० पुगेको छ ।निर्देशनालयका अनुसार पछिल्लो २४ घण्टामा १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो संगै कोरोना जित्नेको संख्या ३८ हजार २ सय २९ पुगेको छ ।

Related News

मेसिनको प्रयोगबाट पहिलो पटक चैते धान रोपियो
मेसिनको प्रयोगबाट पहिलो पटक चैते धान रोपियो
  • २०७८ पुष ३०

दिपायल – डोटीमा मेसिनको प्रयोगबाट चैते धान रोपिएको छ। कृषि...

TOP