२०८१ बैशाख २१, शुक्रबार
May 3, 2024, Friday

सेती प्राविधिक शिक्षालयका प्रमुख यादव शिक्षालयको गाडी सहित फरार

डोटी– सेती प्राविधिक शिक्षालय दिपायलका प्रमुख वीरेन्द्र बाबु यादव शनिवार दिउँसो देखि शिक्षालयबाट फरार छन् । कुखुराका चल्ला खरिदमा कमिसन मागेको अडियो सहित शिखर समाचारले समाचार प्रकाशन गरेपछि उप–प्रधानाध्यापकलाई निमित्त थमाएर फरार भएका हुन् ।

जिल्ला बाहिर जाँदा जिल्ला प्रशासन कार्यालयबाट गाडीको पास लिनु पर्ने हुन्छ तर उनले प्रशासनलाई जानकारी समेत नलिएर शिक्षालयको गाडी सहित फरार भएका हुन् । कर्मचारीहरुले उठाएका माग, अडियो सहित आएको विवादका विषयमा आइतबार सञ्चालक समितिको बैठक बस्ने तय भएको भए पनि शिक्षालय प्रमुख यादवले एक्कासी शिक्षालय छोडेर हिडेको शिक्षालयका कर्मचारीहरुले बताए ।

प्रमुख जिल्ला अधिकारी शंकर विष्टले शिक्षालय प्रमुख गएको बारे आफुलाई कुनै जानकारी नभएको बताए ।‘गाडीको पास पनि लगेको छैन । त्यसरी एक्कासी कहाँ जान पाईन्छ । म फोन गरेर बुझ्छु,‘उनले भने ।’

आर्थिक पारदर्शिता, प्रशासनिक सुधारका विषयलाई लिएर शिक्षालयको कर्मचारी संघ आन्दोलित रहेको छ । संघले राखेका मागका विषयमा बैठक बसेर छलफल गर्ने सहमती भएपनि शिक्षालय प्रमुख अडियो बाहिरिएपछि एक्कासी शिक्षालय छोडेर हिँडेका हुन् ।
शनिवार विहान ११ बजे तीर आफुलाई सन्चो नभएको र एउटा फाइल केन्द्रमा पेश गर्नु पर्ने भएकाले आफु जान लागेको भन्दै निमित्तको पत्र थम्याएर शिक्षालय प्रमुख काठमाण्डौंका लागि हिडेको उप–प्रधानाध्यापक हरीदत्त ओझाले बताए ।

Related News

डडेल्धुरामा बन्चरो प्रहार गरि श्रीमतीको हत्या
डडेल्धुरामा बन्चरो प्रहार गरि श्रीमतीको हत्या
  • २०७८ पुष १८

दिपायल- डडेल्धुरामा एक जनाले बन्चरो प्रहार गरि आफ्नै श्रीमतीको हत्या...

TOP