२०८३ श्रावण १०, आईतवार
July 26, 2026, Sunday

कांग्रेसको विवाद मिलाउन देउवाले बोलाए शीर्ष नेताको बैठक


काठमाडौं- प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीमा देखिएको पछिल्लो विवाद समाधानका लागि शीर्ष नेताहरुलाई छलफलमा बोलाएका छन्। 

गृहजिल्ला डडेल्धुरामा सम्पन्न वडा अधिवेशनबारे वरिष्ठ नेता रामचन्द्र पौडेल समूहको असन्तुष्टि बढेपछि उनले शीर्ष नेताहरुलाई छलफलका लागि बोलाएका हुन्। 

प्रधानमन्त्री देउवाले सरकारी निवास बालुवाटारमा दिउँसो ३ बजे छलफलका लागि बोलाएको महामन्त्री डा. शशांक कोइरालानिकट स्रोतले पुष्टि गरेको छ। 

‘३ बजे छलफल छ भनिएको छ। हामी बालुवाटार जाँदै छौं,’ स्रोतले नेपालखबरसँग भन्यो, ‘क्रियाशील सदस्यताबारे छलफल भनिएको छ। डडेल्धुराको विवादबारे पनि कुरा होला।’

सभापति देउवाले गृहजिल्ला डडेल्धुरामा राज्यशक्तिको दुरुपयोग गरेर एकलौटी ढंगले वडा अधिवेशन गरेको आरोप लगाउँदै इतर समूह विरोध जनाउँदै आएको छ।

वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा. शशांक कोइराला, कोषाध्यक्ष सीतादेवी यादव, सुजाता कोइराला, गगन थापालगायतका नेताहरुले बिहीबार केन्द्रीय निर्वाचन समितिसँग डडेल्धुराको विवादका बारेमा जानकारी लिएका थिए। 

यसअघि भदौ २५ गते सभापति देउवालाई भेटेरै पौडेल समूहले क्रियाशील सदस्यता छानविन निष्पक्ष र पारदर्शी ढंगले सम्पन्न हुनुपर्ने तथा महाधिवेशनमा राज्यको प्रहरी–प्रशासनको दुरुप्रयोग हुन नहुने भन्दै ध्यानाकर्षण गराएको थियो।

Related News

भारतबाट केरा आयात रोकिँदा नेपाली किसान उत्साहित, उचित मूल्य पाएपछि उत्पादन विस्तार
भारतबाट केरा आयात रोकिँदा नेपाली किसान उत्साहित, उचित मूल्य पाएपछि उत्पादन विस्तार
  • २०७८ आश्विन १

भारतबाट केरा आयात रोकिँदा नेपाली किसान उत्साहित, उचित मूल्य पाएपछि...

TOP