२०८३ असार २७, शनिबार
July 11, 2026, Saturday

फजुल खर्च रोकौ

सुरेश जोशी

करौडौ खर्चनु बजेट टाल्नु मुसा दुलो।
चौराशी लाखको चाहियो जिमखाना ठुलो ।।

करौडका कार्पेट चाहिया गजक गजक अद्या ।
कोरेन्टीनमा गरीब जनता खाना नपाई मद्या ।।

सुकुल बिसरी गया चाहिन्छ्न राम्रा खाट ।
अरबमा भ्रस्टाचार काण्ड को तकन्छ लाख ।।

ढिडो खान्या मिढो मानी राया सागमा मुछी ।
अचेल त दिन दिनै माशु खाना लुछी लुछी ।।

जनताको शासन ल्याउनया भयाथ्यो उदघोश ।
सत्ता सुन्दरीका भोगले भैहाले मदहोश ।।

लामो समय जेल नेल भोग्या यसोई अद्दाई होकी ।
कि जनको बिश्वास जित्या कामलै अद्दया हो की ।।

बिपतको ब्यबस्थापन छैन सुतीराछौ अहिले ।
बिपत्तिमा साथ नदिन्या सुद्रीन्या हो कहिले ।।

सार संसार सुती रैछ कोरोनाकी डरले ।
जनताकी खानकी छैन बाँचौन कैका भरले ।।

लाखौ छ्न बिदेश बाट भोकै भोकै आउन्या ।
भया रोजगार छुटी सक्यो के खान्या हुन लाउन्या ।।

देश भित्र लाखौ नै हुन्छ बेरोजगारी ठुलो ।
चुहिने ठाँउ सबै टाल्नु ढुकुटीको दुलो ।।

अनावश्यक सबै खर्च गर्नु हो कटौती ।
उद्योग कृषिको बिकास टाल्ने छ बिपती ।।

हिउँका पाहाड फोड्नु पर्छ बिपत्तिमा जहिले ।
पाखा बारी सम्म्याउन्या मौका लै हो अहिले ।

रुण्ग उद्योग चलाउने खाँचो छ अहिले ।
रोजगारी सृजनाको काम गर्नु छ पहिले ।।

यि सबै गर्नका लागी चाहिन्या ठुलो धन ।
कार्पेट हाल्या पैसा लगी कतै सडक खन ।।

फजुल खर्च बचाईबर टाल्नु हो बिपत्ति ।
को देला सल्लाह यिनलाई, नमानी आपत्ति ।।

Related News

Ecological Transformation for the Holistic Development and Improving Livelihood of Chinese People
Ecological Transformation for the Holistic Development and Improving Livelihood of Chinese People
  • २०७७ जेष्ठ २१

Ms. Kusum KC The seminar on “Biodiversity Conservation for Belt...

TOP