२०८३ बैशाख ९, बुधबार
April 22, 2026, Wednesday

नेवार समुदायको प्रसिद्ध पर्व गाईजात्रा र पुस्तान्तरण

देवेन्द्र दत्त भट्ट – नेपाल बहुभाषी , बहुजाति , बहुसंस्कृति सम्पन्न मुलुक हो । हरेक रीति – संस्कृति , परम्परा तथा संस्कारहरुले समाजमा सकारात्मक सन्देश दिएको हुन्छ । संस्कृति समाजको दर्पण हो र समाजको आत्मा । हाम्रो संस्कृति हाम्रो पहिचान हो । संस्कृति , हाम्रो चलन , व्यवहार , चाडपर्व , मूल्यमान्यता र विचारमा अन्तरघुलित भएको हुन्छ । बढ्दो सहरीकरण , बसाई सराई र प्रविधिको विकासका कारण यस प्रकारका चाँडपर्व रीति रिवाज , जात्राहरुमा प्रभाव बढ्दै गइरहेको पाइन्छ । यो क्रम बढ्दै जाँदा कतै यी मूल्य मान्या र परम्परा नाशिने त होइन्न भनी चिन्ताको विषय बनेको छ ।

ती पर्व र जात्रा मध्ये गाईजात्रा पनि एक महत्वपुर्ण पर्व हो । मध्यकालीन समयमा नेवारी समुदायबाट यो पर्वलाई तत्कालिन राजा प्रताप मल्लले स्थापित गरेको पाइन्छ । यसमा दुइटा शब्दको संयोजन भएको छ , गाई र जात्रा । गाईजात्रा हाम्रो समाजको गहिरो सांस्कृतिक संवेदना बोकेको पर्व हो ।माता र पृथ्वीको रुपमा पूजनीय गाईको सम्मानसहित मनाइने यो जात्रा जीवजन्तु र प्रकृतिप्रतिको कृतज्ञता प्रकट गर्दै मृत्यूको अनिवार्यता र जीवनको मूल्यबोध गराउने स्मरण पनि हो ।विषेशगरेर नेवार समुदायले नमाउने गाईजात्रा पर्व एउटा समृद्ध नेपाली मौलिक पर्व हो । एक वर्ष भित्रमा जो जस्को घरमा व्यक्तिको मृत्यू भएको छ , त्यो घरबाट गाईजात्रा निकाल्ने लोकपरम्परा नेवारी समुदायमा रहेको छ ।

नेवार समुदाय संस्कृति सम्पन्न समुदाय हो । यो समुदायमा परम्परा र लोक संस्कृति प्रतिको मोह बढ्दो छ । यतिमात्रै नभइ यो समुदायमा संस्कृतिको पुस्तान्तरणको अवस्था सकारात्मक रहेको पाइन्छ । नेवार समुदायमा रहेका हरेक रीति , संस्कृतिप्रति युवाहरु सचेत र साक्षर रहेको पाइन्छ । युवा पुस्तामा संस्कृतिप्रतिको मोह जगाउन उनीहरुको प्रत्यक्ष सहभागिता हुन पर्दछ । यसकालागि परिवार , समुदाय र सम्बन्धि सङ्घ संस्थाहरुको महत्वपूर्ण भूमिका हुन्छ ।

संस्कृतिको पुस्तान्तण बिना कुनै पनि संस्कृति दिगो रुपमा बाँच्न सक्दैन । संस्कृति बिनाको समाज लगाम बिनाको घोडा जस्तै हुन्छ भने कुराको बोध हुन जरुरी छ ।

Related News

डोटी जेसीजले आयोजना गर्दैछ मुख र दाँत सम्बन्धी निःशुल्क स्वाथ्य शिविर
डोटी जेसीजले आयोजना गर्दैछ मुख र दाँत सम्बन्धी निःशुल्क स्वाथ्य शिविर
  • २०८२ श्रावण २५

  दिपायल – डोटी जेसीजले मुख र दाँत सम्बन्धी निःशुल्क...

TOP