२०८० फाल्गुन २१, सोमबार
March 4, 2024, Monday

सरकार क्वारेन्टाइनमा : जनता लकडाउनमा

प्रेम स्मृति चन्द , डोटी

हुन त म सरकारको बिरोधि पनि हैन । एउटा जिम्मेवार नेपाली नागरिकको हिसाबले सरकारका पछिल्ला गतिविधि देखेर म सन्तुष्ट छैन किनभने विश्व नै कोराना भाइरस अर्थात COVID-19 बाट आक्रन्त भैरहेका बेला सरकारले लकडाउन बढाउदै जाने तर परिक्षण घटाउदै जाने गरेको देखिन्छ यसबाट सर्बसाधरण,मजदुर,गरिब अपाङगहरु कति प्रभावित छ्न सरकार सङ्गग एकिन तथ्यांक छैन र बिदेशमा कति नेपाली भोकभोकै रोजगारी गुमेर भौतारी रहेका छ्न यसमा पनि सरकार बेखबर जस्तै छ ।

सरकारले COVID-19 नियन्त्रणमा बिशेष रणनीति बनाउनुपर्ने ठाउमा सरकार सांसद अपहरण, आन्तरिक विवाद, पार्टी फुटाउने उदेश्यले अध्यादेश ल्याउने लगायत थुप्रै काण्डहरु जोडिएका छन। यसबाट के प्रष्ट हुन्छ भने नेकपा सरकार पद र भस्टचारमा मात्र लिप्त भएको प्रष्ट हुन्छ ।

जनताले नेकपालाई ५ बर्षको स्थायी सरकारका लागि बहुमत दिएका हुन। नेताहरुलाइ पद र पैसाको आबस्यक छ भनी दिएका हैन भनी नेकपा सरकारले बुझ्न जरुरी छ र COVID-19 लाई नियन्त्रण गर्न ठोस योजना र रास्टिय स्तरको सन्यन्त्र बनाएर अघि बढनु पर्छ र गरिब नेपालि जनतालाई दमन र शोषण मात्र नगरेर जनताका समस्या बुझन जरुरी छ र बुझनु कर्तव्य पनि हो।

मैले नेकपा सरकारले काम गर्न नसक्नुका कारणहरु अर्थात् जनता बाट सरकार अलोकप्रिय बन्दै जानूका केहि तथ्य हरु प्रष्ट पार्न चाहान्छु !

१.चीन बाट रेल र भारतबाट तेलका पाइप आउने भन्ने झुटा आश्वासन।
२. समुन्द्र नै नभएको देशमा पानी जहाज सन्चालन ।
३. पार्टीभित्र नै पदको लागि गुटबन्दी बनाउने ।
४. प्रधानमन्त्री नै संविधान धज्जी उडाउने कार्यमा सङलन ।
५. अध्यादेश मार्फत अरु दलको भन्डाफोर गर्न प्रधानमन्त्री नै सक्रिय ।
६. सान्सद अपहरणमा नै प्रधानमन्त्रीको सक्रियता ।
७. कोरोना संक्रमण अर्थात COVID 19 बाट वच्न पहल गर्नुपर्ने ठाउमा पार्टी फुटाउने कार्यमा ब्यस्त प्रधानमन्त्री ।
८.प्रमुख प्रतिपक्षी दलले पनि सहयोग गरेको अबस्थामा कुनै पनि गौरवका आयोजना पुर्ण रूपमा सफल नहुनु।
९.कालापानी,लिपुलेक,लिम्पियाधुरा समेतको नक्सा समेत निर्माण गर्न्र नसक्नु।।
१०.भारतले नेपालमा २२ किलोमीटर सडक निर्माण गर्दा पनि मुखमा पिँडालु हालेर बस्ने सरकार ।
११. कोरोनालाइ नियन्त्रण गर्नका लागि आबस्यक स्वास्थ्य सामाग्री उपलब्ध नगराउनु।
१२. लकडाउनका कारणले समस्यामा परेका मजदुर,गरिब,बिपन्न परिवारलाई राहत बितरण गर्दा हुने खानेलाई राहत वितरण।
१३. प्रेस स्वतन्त्रता र पत्रकारिता नियन्त्रण गर्न खोज्नु।
१४. काम नै नगरी सम्पादकहरुलाइ आफ्नो पक्षमा बोल्न लगाउने र त्यसो नभए मुटु नै नभएको सम्पादक भन्ने ।
१५. गुठी विधेक बिबादास्पद ।
१६. ७० करोड काण्ड,सुन काण्ड,बालुवाटार काण्डहरुलाइ प्रधानमन्त्रीको नै संरक्षण ।
१७. आफ्नै घरबेटी लाई ठेक्का पट्टा निरन्तर ।।
१८. पार्टी एकता भने जस्तो नभएको ।
१९. लकडाउनका कारणले बिदेशमा अलपत्र नेपालीको लागि स्वदेश ल्याउन कुनै पनि किसिमको पहल नगरेको ।
२०. अहिलेसम्म ठोस योजना र कामगर्ने शैली नै आक्रमण किसिमको ।

Related News

माघे सग्राँती (मकर सङ्क्रान्ति)
माघे सग्राँती (मकर सङ्क्रान्ति)
  • २०७७ बैशाख २९

भक्त बहादुर बलायरप्रथम प्रकाशित मिती: २०७८ पुस २३पुनः प्रकाशित मिति...

TOP